राष्ट्रपतिद्वारा पशुपतिनाथ दर्शन
काठमाडौँ, २४ फागुन । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
प्रत्येक वर्ष शिवरात्रिका अवसरमा नेपालका राष्ट्राध्यक्षले आराध्यदेव एवम् राष्ट्रिय देवता पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । विश्व सम्पदाको सूचीमा रहेको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।
‘मानव समुदायको आस्थाको केन्द्र’
यसै अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शन गर्न पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपतिनाथ हिन्दू धर्मालवम्बीका मात्र नभएर सिङ्गो मानव समुदायको आस्थाको केन्द्र भएको बताउनुभएको छ ।
दर्शनपछि पत्रकारसँगको कुराकानीमा उहाँले विश्वसम्पदाको सूचीमा सूचीकृत पशुपतिनाथप्रतिको आस्थालाई बचाइराख्नका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै यसमा स्थानीय जनताको सहयोगको अपेक्षा गर्नुभयो ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया