महिला दिवसमा बिरामी श्रीमती र बिष खाने श्रीमानलाई २ लाख सहयोग।

इनेप्लिज २०७२ फागुन २३ गते १२:५५ मा प्रकाशित

भाद्र २४, २०७२मा गुल्मी रेसुङ्गा न.पा. १४ कि श्रीमती हिमा तङनामी मगर रुखबाट लडेर घाइते भैछिन। गरिबीको कारणले छ महिना सम्ममा पनि उपचार गराउन नसकेका श्रीमान कृष्ण बहादुर तङनामी मगरले श्रीमतीको चित्कार सहन नसकी ‘श्रीमती बचाउन नसक्ने देखेपछि श्रीमान भएर बाच्नुको अर्थ नै देखिनँ’ भन्दै बिष खाएछन।

himaa magar

म आफु पनि कसैको श्रीमान भएको सम्झी करुणा लाग्यो। जग्गा जमिन केहि नभएका ति दुखि गरिब मगर परिवार र बाल बच्चाहरुका लागि महिला दिवसका अबसरमा अलिकति तरकारी बारी किनी दिन आज गुल्मीका घनश्याम गौतम हस्ते २ लाख सहयोग पठाएँ।

आफ्नो जहानको स्याहार सुसार र परिवारमा भरिपूर्ण माया प्रदान गर्न श्रीमान कृष्णलाई बिन्ति गर्दै उनको दुखमा सहानुभूति र सहयोग गर्दछु। बिभिन्न दाताहरुको सहयोगमा हाल बिर अस्पतालमा उपचार भई रहेकी हिमाको सिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु।
प्रार्थी,
अर्जुनप्रसाद मैनाली
न्युयोर्क

प्रतिक्रिया