सुत्केरी गराउन आएकी महिलाको ज्यान गएपछि तनाव
बुटवल, १९ फागुन । सुत्केरी गराउन बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएकी एक महिलाको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा दिनभर आज तनाव सिर्जना भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका–६ विसासय भूपू टोलकी रामकुमारी तामाङलाई मङ्गलबार सुत्केरी गराउन लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना गरिएको थियो । उनको परिवार र आफन्तले स्वास्थ्यकर्मीको लापर्बाहीले तामाङको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालले भने लापर्बाही नभएको जिकिर गरेको छ ।
प्रसव पीडा लागेपछि तामाङलाई मङ्गलबार बिहान करिब १० बजे अञ्चल अस्पताल ल्याई भर्ना गरिएको थियो । मङ्गलबार राति १० बजेतिर उनलाई पीडा बढेको र पीडामा रहँदारहँदै उनको रक्तस्राव भएको थियो । यसै क्रममा बिहान ५ बजेतिर उनको निधन भएको रामकुमारीका आफन्त सुनबहादुर तामाङले बताउनुभयो ।
रामकुमारीले गर्भावस्थामा नियमित जाँच गराउँदै आएकी थिइन् । मृतक तामाङका दुई छोराछोरी छन् । उनका पति वैदेशिक रोजगारीमा रहेको छिमेकी मनोज घिमिरेले बताउनुभयो ।
बिरामी कुरुवाले बिरामीको अवस्थाका बारेमा पटक–पटक जानकारी गराउँदा पनि स्वास्थ्यकर्मीले त्यसप्रति बेवास्ता गर्दा ज्यान गएको रामकुमारीका आफन्तले गुनासो गर्नुभयो ।
घटनापछि मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र लापर्बाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेका छन् । आफन्तले आज साँझसम्म मृतकको शव बुझेका छैनन् ।
अञ्चल अस्पतालका निमित्त प्रमुख डा राजेन्द्र खनालले घटनाको अध्ययन भइरहेको र दोषी भए कारबाही हुने बताउनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया