जिविस ताप्लेजुङको करिब तीन अर्बको बजेट पारित

इनेप्लिज २०७२ फागुन १९ गते ११:५५ मा प्रकाशित

ताप्लेजुङ, १९ फागुन । जिल्ला विकास समिति ताप्लेजुङले आगामी आव २०७३÷७४ का लागि रु दुुई अर्ब ८१ करोडभन्दा बढीको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

मङ्गलबार सम्पन्न २३औँ जिल्ला परिषद्मा सार्वजनिक भएको बजेट तथा कार्यक्रमअनुसार आगामी आवका लागि रु दुुई अर्ब ८१ करोड ९७ लाख ६११ को बजेट रहेको छ ।

कुल बजेटमध्ये रु एक अर्ब ६५ करोड छ लाख ६६ हजार ८४४ कार्यक्रम खर्च र रु एक अर्ब १६ करोड ९० लाख ३३ हजार ६६७ प्रशासनिक खर्च रहेको छ ।

यस्तै, जिविस, केन्द्रीय कार्यक्रम र विषयगत निकायको कार्यक्रम खर्च रु एक अर्ब चार करोड ५३ लाख र प्रशासनिक खर्च रु एक अर्ब ११ करोड २८ लाख रहेको छ । यता, गैरसरकारी संस्थाको भने रु ६० करोड ५३ लाख २२ हजार कार्यक्रम खर्च हुँदा प्रशासनिक खर्च भने रु पाँच करोड ६२ लाख ४९ हजार रहेको छ । बजेट तथा कार्यक्रम स्थानीय विकास अधिकारी केशव भटृराईले पेस गर्नुभएको थियो ।

चालु आवको बजेटको तुलनामा आगामी आवको बजेट रु १० करोड ५१ लाखले बढी हो ।

यस्त,ै परिषद् बैठकले तिब्बत नाका जोड्ने ओलाचुुङ्गोला–टीपताला भञ्ज्याङसम्मको सडक निर्माण कार्यका लागि सम्बन्धित मन्त्रालयमा बजेट विनियोजनका लागि आग्रह गर्ने निर्णय गरेको छ भने वसन्तपुर–गुफा–दोभान सडकलाई राष्ट्रिय राजमार्ग कायम गर्न र विद्युत्को ३३ केभिए प्रसारण लाइनलाई ताप्लेजुङ सदरमुकाम फुुङ्लिङसम्म जोड्ने कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

यसैगरी, २०७३ वैशाख १५ भित्र खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने गाविसलाई प्रोत्साहनस्वरुप प्रतिगाविस रु ५० हजार अनुदान दिने निर्णय पनि गरेको छ ।

यसअघि सन् २०१५ भित्रमा ताप्लेजुुङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम बनाइए पनि असफल भएको थियो । ४८ गाविस र एक नगरपालिकामध्ये नगरपालिकासहित १३ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।

यस्तै, ताप्लेजुुङ जिल्लामा एकल पर्यटकका लागि खुल्ला गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साथै नगदे बाली अलैँची क्षेत्र घोषणा गरी यसको विकास र प्रवद्र्धनका लागि कृषि मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

परिषद्को सांसद डम्बरध्वज तुम्बाहाम्फेले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया