पानीले दुई करोडको इँटा नष्ट
इनेप्लिज
२०७२ फागुन १८ गते ३:३४ मा प्रकाशित
दाङ, १८ फागुन । आइतबार बेलुका परेको पानीले दाङमा रु दुई करोड मूल्य बराबरको इँटा नष्ट भएको छ ।
दाङको घोराही, तुलसीपुर र विजौरीमा रहेका इँटा उद्योगमा ६० लाखवटा इँटामा पानीले असर गरेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।
ती इँटामा पानीले कामै नलाग्ने गरी असर गर्दा रु एक करोड ८० लाखको क्षति भएको सङ्घका कार्यालय प्रमुख भूपेन्द्र भुसालले जानकारी दिनुभयो ।
घोराही क्षेत्रका १० र बिजौरी क्षेत्रका चारवटा उद्योगमा पानीले इँटामा असर पु¥याएको उहाँले बताउनुभयो । काँचो इँटालाई प्रतिपिस रु तीन पर्ने गरेको छ ।
घोराहीमा ३५ लाख पिस र विजौरीमा २५ लाख पिस इँटा नष्ट भएको सङ्घले जनाएको छ । पोल्नका लागि तयार पारिएका इँटा कामै नलाग्ने भएको भुसालले जानकारी दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया