घरको गाह्रोले किचेर शिशुको मृत्यु

इनेप्लिज २०७२ फागुन १७ गते ३:५० मा प्रकाशित

खोटाङ, १७ फागुन । वनाउँदै गरेको घरको गाह्रोले किचेर एक शिशुको मृत्यु भएको छ भने शिशुका बुबा–आमा गम्भीर घाइते भएका छन् ।

जिल्लाको पश्चिमी दुर्सिङ गाविस–१ मा गएराति करिब १०ः३० बजे सुतिरहेको अवस्थामा घरको गाह्रो ढलेको स्थानीयवासी चक्र राईले बताउनुभयो ।
स्थानीय गणेश राई र भावना राईका छोरा डेढ महिनाका बुहाङ राईको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते गणेश र भावनालाई गाह्रोले च्याँपिरहेको अवस्थामा स्थानीयवासी र इप्रका, हलेसीले उद्धार गरेका छन् ।
सुवास राईको निर्माणाधीन घर भत्किँदा घर नजिकै पाल टाँगेर सुतिरहेका उनीहरुलाई गाह्रोले च्याँपेर उनीहरु घाइते भएको राईले बताउनुभयो ।
उनीहरु भूकम्पपीडित रहेको र घरधनी सुवासका बहिनी ज्वाईं रहेको बताइएको छ ।
घाइतेद्वयको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि ओखलढुङ्गा जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी सहायक निरीक्षक रवि लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया