अमेरिकामा ८०औं वाशुशशी जयन्ती मनाइने

इनेप्लिज २०७२ फागुन १५ गते १४:४४ मा प्रकाशित

 

आधुनिक नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशीको ८० औं जन्म जयन्ती २६ मार्च २०१६ का दिन शनिवार ३.३०  वजेदेखि ६ वजेसम्म विविध कार्यक्रमकासाथ मनाईने भएको छ ।

सो अवसरमा साहित्यकार वासु शशीको चिनारी, नेपाली साहित्यमा वाशु शशीको योगदान लगायत विषयमा  चर्चा गरिनेछ भने  उहाँका रचनाहरुको वाचन हुनेछ तथा उहाँको चिनारी पुस्तका समत प्रकाशन गरि सोही दिन सार्वजनिकिकरण गरिनेछ । साथै  उहाँका कृतिहरु समेतको प्रदर्शन गरिनेछ ।

कार्यक्रम स्थल: City of Fairfax Regional Library

10360 North Street

Fairfax, VA 22030-2514

मिति: 26 March 2016 , Saturday

समय: 3.30 PM – 6.00 PM

आयोजक: अमेरिका नेपाल साहित्य प्रतिष्ठान

थप जानकारीका लागि सम्पर्क:

गोविन्द गिरी प्रेरणा : फोन नं: 703-587-0795

प्रतिक्रिया