रत्न पुस्तक पाठक वर्ग प्रति समर्पित संस्था हो : राहुल श्रेष्ठ ,रत्न पुस्तक भण्डारका तेश्रा पुस्ता

इनेप्लिज २०७२ फागुन १४ गते १२:४६ मा प्रकाशित

rahul 3

नेपालको परिपेक्षमा रत्न पुस्तक भण्डारलाई परिचय गराई रहनु पर्दैन l यिनै रत्न पुस्तक भण्डारका तेश्रो पुस्ता राहुल श्रेष्ठ अहिले अमेरिकामा छन् l र डिसी महानगर क्षेत्रलाई कर्म थलो बनाएका छन् l यतै पढे पछि सशक्त रुपमा आफ्नो हजुर बुवाले स्थापना गरेको रत्न पुस्तकका सामग्रीलाइ अझ बिश्व ब्यापी पुराउन उनि अहोरात्र मेहनत गरि रहेका छन् l

उनि कसरी रत्न पुस्तक भण्डारबाट प्रकाशित भएका बिबिध पुस्तक तथा सामाग्रीहरु सरल ,सुपथ ,सुलभ पाठक वर्गलाई पुर्याउन सकिन्छ भनि चिन्तनमा छन् l आफ्नो बाजे र बुवाले गरि दिएको पुर्खौली ब्यबसायलाई अझ बिस्तार गर्न चाहेको राहुलले बताए l आफुले यस बाणिज्य बिषयमा पनि अध्ययन गर्ने मौका पाएकोले कसरि रत्न पुस्तक इन्क द्वारा आफ्ना ग्राहक र पाठकलाई सेवा पुर्याउन सकिन्छ भनि त्यसमा काम गरि रहेको बताए l

rahil 3

निकै प्रतिस्प्रद्धा छ र अब हिजो को दिन गए भन्दै अब धेरै चनाखो हुनु पर्छ राहुल श्रेष्ठ भन्छन l उनले भने तुलनात्मक रुपमा उचित मुल्यमा विश्वमा रहेका सबै नेपाली समुदाय बीच पुगोस भन्ने हामीले गत २ बर्ष देखि बिधुतिय प्रणाली (अनलाइन )बाट पनि बेच बिखन गर्दै आएको जानकारी गराए l

श्रेष्ठले अगाडी भने उक्त कार्यलाई अझ सशक्त बनाउने हेतुले गत मार्च २०१३ मा रत्न पुस्तक इङ्क (इन कर्पोरेसन ) को नाममा अमेरिकाको न्युयोर्कमा दर्ता गर्न सफल भएका छौ l र ,छोटो समयमा हामीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएकोले हामीलाई थप उर्जा तथा हौशला प्राप्त भएको बताए l

हामी संग कुराकानी गर्दै भने रत्न पुस्तक भण्डार मार्का(ब्रान्ड)का सामग्रीको मागँ नेपाली समुदाय पुगेका अधिकांस राष्ट्रमा मांग बढ्दो छ भने l नया पिढीको समेत अभिरुचि देखिएको अवस्थामा हामीले बोकेको ईतिहासलाई निरन्तरता दिदै हामी यहाँहरुको सेवाको लागि तयार छौ l र हामी कुनै कसर बाकि राख्ने छैनौ भने l

rahul 4
उनले थप जानकारी दिदै भने हामी कुनै पनि देशमा हामी हाम्रा उत्पादन समू भित्र पुर्याउने छौ l पाठकले मन पराउनु भएका कुनै पनि पुस्तक तथा बिबिध पाठ्य सामग्री खरिद गर्न रत्न पुस्तक इङ्क बाट खरिद गर्न सकिने बताए l उनले बिस्तृत जानकारीको लागि https://ratnapustakinc.com/ मा जान आग्रह गर्दै आफ्नो सम्पर्क + 1552217401 मा समेत उपलब्ध गराएका छन्  l

प्रतिक्रिया