एयर काष्ठमण्डपको विमान दुर्घटना, चालकको मृत्यु
काठमाडौँ, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।
जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको छ । घटनाको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिनुभएको छ ।
कटुवालकाअनुसार दुर्घटनामा नाम नखुलेको चालकको मृत्यु भएको छ र अर्का एक जनाको अवस्था गम्भीर छ । यो दुर्घटनामा एक बालकसहित अन्य नौजना घाइते भएको बताइएको छ ।
यो समाचार तयार पार्दासम्म पाखा गाविसमा रहेको प्रहरी चौकी सेरावाडाबाट प्रहरीको टोली त्यसतर्फ जांदै गरेको बताइएको छ ।
घाइतेको स्वास्थ्य चौकी चिल्खायामा उपचार भइरहेको छ । हवाईजहाजको अगाडिको भाग क्षतविक्षत भएको बताइएको छ ।
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
प्रतिक्रिया