एक अर्ब २० करोड बजेटका एघार सय बढी योजना माग

इनेप्लिज २०७२ फागुन १२ गते ३:२४ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १२ फागुन । आगामी आव ०७३÷७४ का लागि म्याग्दीमा रु एक अर्ब २० करोड बजेटका एक हजार १०० भन्दा बढी विकास योजनाको माग भएको छ ।

गाउँ, इलाकास्तरीय योजना तर्जुमा गोष्ठी र विषयगत समितिको बैठकबाट प्राथमिकीकरण गरी आगामी वर्षका लागि एक हजार १३९ वटा योजनाका लागि रु एक अर्ब २० करोड ९० लाख १४ हजार बजेट प्रस्ताव भएको हो ।

जिविसको आयोजनामा मङ्गलबार बेनीमा भएको एकीकृत योजना तर्जुमा समितिको बैठकले माग भएको योजना र प्रस्तावित बजेट जिल्ला परिषद्मार्फत राष्ट्रिय योजना आयोग हुँदै सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णय गरेको छ ।

आगामी वर्षका लागि सबैभन्दा बढी भूक्षय तथा नदी नियन्त्रणसम्बन्धी ९२ वटा योजनाको माग प्राप्त भएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, सडक, खानेपानी, पदमार्ग, सरकारी कार्यालयका भवन, सिँचाइ, झोलुङ्गे पुल, विद्युतीकरण, कृषि, पर्यटन, स्वास्थ्य, सरसफाइ, शिक्षासम्बन्धी योजना बढी छन् ।

प्रतिक्रिया