अब विकास निर्माणको पालो: मन्त्री खरेल

इनेप्लिज २०७२ फागुन ११ गते १२:५९ मा प्रकाशित

Agni-Kharelदमक, ११ फागुन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले मुलुकमा राजनीतिक मुद्दा पूरा भएकाले विकास निर्माणको मुद्दा उठाउनुपर्ने बताउनुभएको छ ।

झापाको तोपगाछी–३ र ४ नं वडामा पर्ने भुत्लुङ खोलाको पुल शिलान्यास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वर्तमान सरकार संविधानको कार्यान्वयनसँगै विकास निर्माणमा पनि प्रतिबद्ध छ भन्नुभयो ।
पूर्वाधार निर्माणमा स्थानीय जनता, सरकार र सरोकारवाला निकाय हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर शम्भुप्रसाद आचार्यले रु दुई करोड २७ लाख ५४ हजारको लागतमा २० मि लम्बाइको सो पक्की पुलको १८ महिनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।

यसबीच, मन्त्री खरेलले दमक–६ स्थित नागरिक वडा मञ्चले आयोजना गरेको ‘जनताको संविधान ः जनताकै माझ’ कार्यक्रममा नयाँ संविधानले सबैको भावनालाई समेटेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया