गुट बन्दी लाई म समाप्त पार्दछु: सुजाता कोइराला,१३ औं महाधिबेशन कि सभापति कि उम्मेदवार

इनेप्लिज २०७२ फागुन ११ गते २:१२ मा प्रकाशित

IMG_7355

अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज डटकम संग कुराकानी गर्दै कांग्रेस नेतृ ,पूर्व परराष्ट्र मन्त्रि तथा उप प्रधान मन्त्रि तथा १३ औं महाधिबेशन कि सभापति कि उम्मेदवार सुजाता कोइरालाले स्पष्ट भनिन मैले सभापतिको उम्मेदवारी घोषणा गरेको हु l

नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिदै गएको छ । आसन्न महाधिबेशनलाई लक्षित गरि कांग्रेसका शिर्षनेताहरु यतिवेला जिल्ला दौडाहा देखि जिल्लाबाट निर्वाचित प्रतिनिधिहरु संगको भेटघाटमा ब्यस्त हुन थालेका छन् । तत्कालीन पार्टी सभापति सुशिल कोइरालाको निधन पछि कसले पार्टीको नेतृत्व गर्ने भन्ने विच संस्थापन पक्षमा जुहारी चल्दै गर्दा पार्टी बिदेश बिभाग प्रमुख समेत रहेकी नेतृ सुजाता कोइरालाले आफु १३ औं महाधिबेशनमा पार्टी सभापतिमा लड्ने बताई सकेकी छन् । उनले सुशिल कोइरालाको निधन अघि नै सभापतिको उम्मेदवारी घोषणा गर्दै आफ्नो गृह जिल्ला विराटनगरबाट औपचारीक गरि सकेकी छिन् l

सबैभन्दा पहिला हामीले उनलाई तपाई सभापतिमा उठ्ने घोषणा गर्नुभयो, मुल मुद्धा के के उठाउँनु भएको छ भनि प्रश्न गर्दा उनले भनिन ,हो मैले १३ औं महाधिबेशनमा सभापतिको पदमा उठ्ने घोषणा गरेको छु । नेपाली काँग्रेस नेपाली जनताको आस्था र विश्वासमा अडेको पार्टि हो । पार्टिमा सक्रिय भई काम गर्ने क्रममा मैले गाँउका दुरदराज सम्मका नागरीकहरुको मनोभावना बुझिसकेको छु । मेरो पक्षमा जनमत बनिसकेको मैले पाएको छु भनिन l

IMG_7357

उनले अझ थप्दै भनिन ,अहिलेको देशको यस्तो विषम परिस्थितिमा काँग्रेसलाई ससक्त, जिवन्त र हिमाल पहाड र तराईमा बसोबास गर्ने सबै जातजातीहरुको प्रत्यक्ष मनोभावनासँग जोड्न सक्ने हैसियत म राख्दछु, र म स्वयं सबैसँग प्रत्यक्ष जोडिएको पनि छु । साथै महिला भएकै कारण नेपाली काँग्रेस नेत्रित्वमा म ५१ % नेपाली महिलाको प्रतिनिधि पनि हुँ । तर महिला भएँ भन्दैमा कोटा चाहिन्छ भन्ने होईन । म क्षमता र योग्यता भएको व्यक्ति हो । मलाई लाग्छ पार्टी कसैको व्यक्तिगत सम्पत्ति होईन र अब पार्टि बहुपदिय प्रणालिमा जानु पर्दछ । संगठन विस्तार निर्माणको लागि एक ढिक्का भई सहमतिमा जानु नै पार्टिको हितमा छ । त्यसैले म सहमतिको राजनितिलाई नै अगाडि बढाउने प्रयासमा छु भनिन l

उनले थपिन, सभापतिमा निर्वाचित भए लगत्तै मेरो पहिलो प्राथमिकता पार्टीको बास्तविक एकिकरण र शुद्धिकरण हुनेछ । गुट बन्दी लाई म समाप्त पार्दछु । लोकतन्त्रमा आफ्नै नेत्रित्वको विरोध गर्न पाउनु नैसर्गिक अधिकार पनि हो । र नेत्रित्वले पनि लोकतान्त्रिक रुपमै सबैको बुझाईलाई समेट्दै हिँड्नुपर्ने हुन्छ । दलका कार्यकर्ताहरु माझ कामको सहि बाँडफाँड गरि कार्यक्रमहरु ग्रामिण स्तर सम्म पुर्याउनका लागि म सम्पूर्ण रुपले सक्रिय हुनेछु । सबैलाई काम पुग्दा अनावश्यक कुरा गर्दै हिँड्ने समयनै हुँदैन नि भन्दै आफ्ना विचार यसरि राखिन l

IMG_7354

उनले आफ्ना मुल मुद्धाहरुमा प्रष्ट पार्दै भनिन्, लामो समय देखि स्थानीय निकायको निर्वाचन हुन सकिरहेको छैन् । स्थानीय निकायको निर्वाचन हुन नसक्दा बिकास निमार्णको कार्य शुन्य भएको छ । जसले गर्दा तत्काल स्थानीय निकायको निर्वाचन गराउनु पनि मेरो दायित्व रहने छ । म युवाहरुको अभिभावकत्व ग्रहण गर्न सक्षम र तत्पर छु । उनीहरुको अभिभावकको हैसियतले युवाहरुलाई बिकास निमार्णमा लगाउनु रोजगारी, पेशा ब्यबसायमा लगाउनु पनि मेरो मुख्य उदेश्य हुनेछ भनिन l

वीपि कोइरालाको जस्तो विचार र गिरिजा बाबुको जस्तो संगठन गर्न सक्ने युवा नेतृत्व उत्पादन गर्नुछ । आगामि नेतृत्वो कस्तो हुनुपर्छ भने पहिला संघर्ष र जेल जिवन मै कांग्रेस नेतृत्वको राजनीति वित्यो । जेल भित्रै एसएलसि दिनु पर्यो । जसले गर्दा राम्रो शिक्षा आर्जन गरेको नेतृत्व कांग्रेसमा आउन सकेन । तर अब विज्ञान र प्रविधिको युग सुरु भै सकेको छ । विज्ञान र प्रविधिलाई राम्रो संग बुझ्ने पढे लेखेको हरेक क्षेत्र बुझेको र बुझ्न सक्ने व्यक्तिको नेतृत्व मुलुकलाई चाहिएको छ । यस्ता व्यत्ति सभापति, प्रधानमन्त्री र मन्त्री बन्नुपर्छ । हरेक क्षेत्रमा युवाको नेतृत्व हुनुपर्छ ।

म त्यहाँ युवाहरुलाई पुर्याउन चाहान्छु दृढ संकल्प साथ आफ्ना धारणा राखिन । गिरिजा बाबु वीपीको लिगेसी (बपौति )पनि यहि हो । यहि लिगेसीलाई अगाडी बढाएर मुलुकलाई निकास र विकास दिन्छु । नेपाली कांग्रेसको इतिहास संरक्षण गर्न युवाहरु नै सक्षम भएकाले मैले पार्टी सभापतिमा उम्मेदवारी दिएकी हुँ । भातृ संगठनको निर्वाचन लामो समय देखि हुन सकेको छैन् । यसलाई जति सक्दो चाडो गरेर कांग्रेस भित्रको आन्तरीक लोकतन्त्र बलियो बनाउन म तत्काल कदम चाल्ने छु । कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको कार्यन्वयन गर्दै राष्ट्रिय मेलमिलाप, सहमति सहकार्य र एकताको नीतिलाई अगाडी बढाउछु भनिन l

हामीले प्रश्न को उत्तर नसकिदै वहालाई सभापति उम्मेदवारीका लागि तपाई देश दौडाहामा हुनुहुन्छ । जनताबाट कस्तो प्रतिकृया पाउनु भएको छ भनि जिज्ञासा राख्दा उनले यस्तो जवाफ दिईन :

तपाईहरुले संर्वेक्षणको रिपोर्ट (प्रतिबेदन )लिए पनि हुन्छ । पछिल्लो समय सभापतिका लागि मेरो नाम नै अगाडी आइरहेको छ । मैले सभापतिमा जित्ने धेरै आधारहरु छन् भनिन । पहिलो आधार सबै साथिहरुले मलाई मन पराउनु भएको छ । नयाँ अनुहार, नयाँ रक्त्तसंचार, नयाँ रिर्चाज र नयाँ विचार पार्टीमा हुनुपर्छ भन्ने भावना युवाबर्गमा अत्याधिक रहेको छ । नत्र दल परम्पराबादी हुन्छ । अबको २१ औं शताब्दीमा नयाँ बिचार लिएर हिड्ने दर्शन भएको व्यक्ति चाहिन्छ त्यसैले तपाई अगाडी आउनोस् भनेर सबै साथिहरुले भनी रहनु भएको छ । तपाईमा हामीले त्यस्तो भिजन (दर्शन )देखिरहेका छौ जो सभापतिका लागि योग्य हुनुहुन्छ भन्ने आवाज जिल्ला जिल्लाबाट आएका छन् भनि स्पस्ट परिन l

IMG_7356

अहिलेसम्म कांग्रेस इतिहासको नामले मात्रै बाचेको छ । अब म इतिहासको नामले मात्र नभई नयाँ श्रीजनसिल योजना र कामले पार्टी (दल )लाई अगाडी बढाउछु । त्यस्तो क्षमता म संग छ । म जिल्लाका साथिहरुलाई निस्क्रिय र सिथिल भएर बस्न दिने छैन l एकदम सक्रिय र उर्जासिल बनाउन मेरो ध्यान केन्द्रीत हुनेछ । उनीहरुलाई उत्प्रेरणा र कार्यक्रम दिइरहने छु । पार्टीको रक्त्तसंचार र रिचार्ज भनेको यहि हो भनिन । गिरिजा बाबुले पार्टीलाई निरन्तर गतिसिल बनाइरहनु पर्छ ,चलायमान बनाउनु पर्छ भनि रहनुको कारण पनि यहि हो । पार्टीमा समयानुकुल छलफल र आलोचना भैरहनु पर्छ । यो काम सभापतिको हो । म यहि अनुरुप अगाडी बढ्छु । पार्टीमा सुतेर र अल्छी भएर कसैलाई बस्न दिन्न भन्ने आफ्ना विचार पोखिन l

हामीले ,दल भित्र रहेका गुट उपगुटलाई तपाई कसरी अन्त्य गर्नुहुन्छ भनि सवाल राख्दा कोइरालाले यस्तो तर्क प्रस्तुत् गरिन : काम बिहिन भएपछि मान्छे गुट र उपगुट बनाउनमा केन्द्रीत हुन्छ । खुरापात गर्न तर्फ लाग्छ । बिरक्त भएर आपसमा झगडा गर्नतर्फ आफ्नै कार्यकर्ता सक्रिय हुन्छन् । उनीहरुलाई समय अनुकुल काम दियोभने यस्ता सबै गतिबिधिहरु अन्त्य हुन्छन र मानीसहरु आफ्नो काममा लाग्छन् । देशमा यति धेरै काम छ, तर हाम्रा युवा झैझगडामा व्यस्त छन् । यो हुनु भएन । त्यसपछि मुलुकमा लगानि भित्राउनु पर्छ भनिन l

म अधिकतम मात्रामा बिकास निर्माणका कामहरु नेपालमा ल्याउन चाहान्छु । यति धेरै ल्याउछु कि कसैलाई अरुको कुरा गर्ने र सुतेर बस्ने गुट उपगुट निमार्ण गर्ने फुर्सदनै हुदैन् । नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वको पालामा सक्रिय र गतिसिल बनाएर लैजान्छु । सुतेर बसेको पार्टी म हेर्न सक्दीन । यो पाठ मैले गिरिजाबाबु बाट सिकेको छु । यो सत्य हो कि अहिले पार्टीमा खासै केहि काम भएको छैन । सबै आफ्नो व्यत्तिगत फाईदा र स्वार्थमा केन्द्रीत भएका छन् भन्दै आफु उम्मेदवारीको लागि पूर्ण तयारीमा लागेको स्मरण गराइन l

कुराकानी गर्ने क्रममा हामीले तपाईले सभापतिमा जित्नु भयो भने सबैभन्दा पहिला के कामबाट सुधारमा लाग्नु हुन्छ भन्दा सवाल झर्न नपाउदै उनले भनिन मैले तपाइलाई पहिला पनि भनिसके सबैभन्दा पहिला पार्टीको शुद्धिकरण, भातृ संगठनहरुको चुनाव र देशभरका कार्यकर्ताहरुलाई एक ढिक भई विकास निर्माणमा लगाउनु नै मेरा प्राथमिकताहरु हुन । उनीहरुको ब्याट्रिचार्ज गर्न र पार्टिमा ताजा रक्त्तसंचार गर्न चुनाव गराउनै पर्छ । त्यसपछि निरन्तर पार्टीको काम अगाडी बढ्छ भनिन l

IMG_7358

नाकाबन्दीको विषयमा केहि भन्नु हुन्छ भन्ने सवालमा कोइरालाले भनिन ,नाका बन्दी खुलिसकेको अवस्था छ । यसमा मैले खासै केहि बोल्नु पर्ने अवस्था छैन् । म आए पछि यस्ता कुनै पनि किसिमको नाकाबन्दीको अवस्था आउने छैन् । मैले पार्टीमा रहेर अरुले भन्दा राम्रो संग छिमेकिलाई बुझेको छु । छिमेकि संगको सम्बन्ध जहिले पनि राम्रो राख्नु पर्छ । यसमा मैले सम्पुर्ण उर्जा खर्चने छु भनिन l

व्यक्तिगत रुपमा सार्क राष्ट्रका सबै प्रधानमन्त्री र विपक्षी दलका नेतासंग मेरो राम्रो व्यत्तिगत सम्बन्ध छ । बास्तवमा हेर्नुस, नेपालमा मेरो जस्तो प्रभावशालि वैदेशिक निति कसैले ल्याउन सक्दैन भन्नेमा म सम्पूर्ण रुपमा विस्वस्त छु । भारत र चिनसंगको मेरो कुटनैतिक सम्बन्ध असाध्यै राम्रो छ । अझ यसलाई तगडा र बलियो बनाउने छु । यति मात्रै हैन एशिया र अन्य मुलुकमा पनि मेरो सम्बन्ध पछिल्ला दिनमा राम्रो हुदै गएको छ ।

सुशिल कोइरालाले मलाई सार्कमा फस्ट लेडी बनाउनु भएको प्रमुख कारण सार्क राष्ट्रको सबै प्रधानमन्त्रीसंग राम्रो सम्बन्ध रहनु नै हो । प्रतिपक्षि दलका नेताहरुले पनि मलाई उत्तीकै सम्मान गर्छन् । सबैले मलाई राम्रो संग चिन्छन । त्यसैले उहाँले मलाई फस्ट लेडी बनाएर छलफल र व्यवस्थापन गर्नका लागी जिम्मा दिनु भएको थियो ।

र अन्तिममा हामीले तराईको आन्दोलनका विषयमा के भन्नुहुन्छ भनि सवाल गर्दा कोइरालाले भनिन नेपाली कांग्रेसको उत्पति नै तराई बाट भएको हो । तराई र कांग्रेसको सम्बन्ध धागोको गाठो जस्तो छ । कसैले तोडाएर तोडीने वाला छैन । जुन दिन सो धागोको गाठो फुक्छ मुलुक अस्त व्यस्त हुनेछ । नेपाली कांग्रेस र तराईको सम्बन्ध ऐतिहासिक र अद्वितीय छ । कांग्रेसले तत्कालिन समयमा हतियार उठाउदा समेत मधेशका जनताले साथ दिएका छन् ।

अहिले पनि तराई कांग्रेस संगै छ । जुन चार दलले आन्दोलन गरेका छन् ,मधेशी जनताको आन्दोलन हैन त्यसले तराईलाई प्रतिनिधित्व गर्दैन । तराईमा भएका मध्ये सबैभन्दा बढि सभासद कांग्रेसका छन् । हिमाल ,पहाड र तराई सबै क्षेत्रमा काग्रेसको प्रतिनिधित्व बढि छ भनिन l

IMG_7359

प्रतिक्रिया