पहिलो पटक गायक राजेशपायल राईलाई भेट्दा र अहिले…. Video Blog

इनेप्लिज २०७२ फागुन ९ गते १९:१२ मा प्रकाशित

 

rajesh payal rai 1

राजेशपायल राईलाई पहिलो पटक भेट्दा उनी यो उचाईसम्म पुग्लान् भन्ने मैले सोचेको थिईंन। तर मेरो अनुमानमा उनी मेरो सबैभन्दा मन पर्ने तर लामो दौडका घोडा थिए। मैले उनलाई पहिलो पटक सन् २००७ मे २६ तारिखका दिन हङकङमा भेटेको थिएं। उनी यलम्बर नाइटका लागि हङकङ आएका थिए। जोर्डनस्थित नाँच घर रेष्टुरेण्टमा भेट्दा उनी मदहोशले झुमेका थिए।  रेष्टुरेण्ट, संगीत र हल्लाले गुञ्जिएको थियो। तर म भने उसंग भेट्न चािहरहेको थिएं ।  त्यतिखेर नै मैले पहिलो पटक हात मिलाएको थिएं राजेशसंग। त्यतिखेर मैले उसंग केही कुराकानी गरेको थिएं। त्यसलाई च्याट विथ पशनमा अहिले पनि पढ्न सकिन्छ।

राजेशपायल देशविदेशको सांगीतिक यात्राका बेला पटक पटक सम्पर्कमा आईरहन्छन्। र उनी कहाँ के गर्दैछन् सबै जानकारी भइरहन्छ। राई इज किङले चर्चित गायक राजेशपायलको जादूमय आवाजले जसरी दर्शक श्रोतालाई मदहोश पार्छन् त्यसरी नै अरुलाई मनराख्न सक्ने मनकारी गायक पनि हुन् राजेश। अहिलेका सर्वाधिक चर्चित र व्यस्त गायक राजेशपायल राई मिनी वर्ल्ड टुरको क्रममा मलेसिया र साईप्रसको धमाकादार प्रस्तुतीपछि अहिले युके पुगेका छन्।

 

प्रतिक्रिया