संविधानबाटै मधेस समस्याको समाधान खोज्नुपर्छः खनाल
इलाम, ८ फागुन । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मधेसको समस्या संविधानभित्रबाटै खोजिनुपर्ने बताउनुभएको छ ।
बरबोटे गाविसमा आज आयोजित समसामयिक विकास निर्माणका गतिविधिबारे छलफल तथा अन्तक्र्रिया कार्यक्रममा नेता खनालले मधेस आन्दोलन संविधानभित्रबाटै समस्या खोज्नुपर्छ, संविधानबाहिरबाट समाधान हुनै सक्दैन भन्नुभयो । मधेसी मोर्चालाई वार्ता र छलफलका माध्यमबाट समाधान खोज्न समेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले धार्मिक तथा पर्यटकीयस्थल माइपोखरीसम्म पुग्ने सडक कालोपत्रे र स्तरोन्नति तथाबरबोटेमा निर्माण गर्न लागिएको कबर्ड हल तथा अमर उमाविमा सञ्चालित कम्प्युटर विज्ञानका लागि थप पहल गरिने बताउनुभयो ।
तीन दिनदेखि आफ्नो गृह जिल्लामा रहँदै आउनुभएका नेता खनालले विकास निर्माणका गतिविधिको स्थलगत अनुगमन गर्नाका साथै सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया