श्रीमतीको हत्यापछि श्रीमान्ले गरे झन्डिएर आत्महत्या
इनेप्लिज
२०७२ फागुन ८ गते १२:५९ मा प्रकाशित
सुरुङ्गा (झापा), ८ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ निवासी एक व्यक्तिले आज आफ्नै श्रीमतीको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।
बिर्तामोड नगरपालिका–२ चारपाने निवासी ६० वर्षीय तनबहादुर राजवंशीले ३५ वर्षीया श्रीमती शान्तिकुमारी राजवंशीको धारिलो हतियार प्रहार गरी हत्या गरेर उनले पनि घरको बलोमा झुन्डिएर अत्महत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड)ले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार राजवंशीले श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेपछि कोठाभित्रको बलोमा झुन्डिएर उनले पनि आत्महत्या गरेका थिए । के कारणले श्रीमतीको हत्या गरी राजवंशीले आत्महत्या गरे त्यो भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया