२१ लाख ठगी गर्नेमाथि कारबाही
गाईघाट (उदयपुर), ८ फागुन । क्यानाडा पठाइदिने झूठो प्रलोभन दिएर २१ लाख रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारबाही थालेको छ ।
ठगी गर्र्नेमा झापाका मीना खड्का र ओखलढुङ्गा सिस्नेरी घर भई काठमाडौँ बस्दै आएका वर्ष ४७ का इन्द्रबहादुर थापा रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
थापा र खड्काले क्यानाडा लाने भनेर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ का प्रेमबहादुर खड्का र ६ का लेखबहादुर पाठक तथा शिव खड्काबाट मङ्सिर १४ गते जनही रु सात लाखका दरले रकम लिएको पीडितले बताएका छन् ।
पीडितलाई मङ्सिरमै क्यानाडा लाने भनेर भारतको पश्चिम बङ्गालको बागडोगरा विमानस्थलमा पु¥याएर दुबै अभियुक्त फरार भएका थिए ।
रकम कुम्ल्याएर झापामा गोप्यरुपमा जग्गा प्लटिङ गरिरहेको बेला पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
रकम फिर्ता गर्ने सर्तनामासहित कागज गरेपछि बिहीबार उनीहरुलाई छाडिएको हो ।
अर्का ठग सिन्धुलीको नेत्रकाली गाविस–६ का प्रेमबहादुर आले भने फरार छ । ठगीमा पक्राउ गरिएकालाई मुद्दा चलाउने अधिकार प्रहरीसँग नभएको र यस्ता मुद्दा श्रम विभाग तथा वैदेशिक रोजागर विभागले हेर्ने हुँदा रकम फिर्ता गर्ने कबूलपछि उनीहरुलाई छाडिएको उदयपुरका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताउनुभयो ।
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
प्रतिक्रिया