मानसिक सन्तुलन गुमाएका वृद्धको उद्धार
इनेप्लिज
२०७२ फागुन ८ गते ४:४४ मा प्रकाशित
सुरुङ्गा (झापा), ८ फागुन । झापाको बुट्टाबारीमा एक दशकअघिदेखि साङ्लोले बाँधेर राखिएका मानसिक सन्तुलन गुमाएका वृद्धको उद्धार गरिएको छ ।
एकीकृत माओवादी विर्तामोड नगर कमिटीको पहलमा विर्तामोड नगरपालिका–५ बुट्टाबारीमा साङ्लोले बाँधेर राखिएका ६३ वर्षीय वृद्ध विष्णुमान राईको उपचार सुरु गरिएको हो ।
बिएन्डसी अस्पतालका मानसिक रोग विशेषज्ञ कञ्चन दाहालको टोलीले राईको उपचार शुक्रबारदेखि सुरु गरेको एकीकृत नेकपा (माओवादी) विर्तामोडका अध्यक्ष अरुण श्रेष्ठले बताउनुभयो ।
मानसिक सन्तुलन गुमाएका राईले साङ्लो खोल्ने बित्तिकै अरु मान्छेलाई आक्रमण गर्ने भएकाले साङ्लोमा बाध्नुपरेको भतिजा मोतिचन्द्रको भनाइ छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया