प्रहरीले उठाएको पेटोल सैलुनमा बिक्री

इनेप्लिज २०७२ फागुन ७ गते १२:१८ मा प्रकाशित

DSC_1473

पथरी फागुन ५
मोरङको पथरीशनिश्चरेमा पेटोलमा काला बजारी रोक्ने भन्दै फुटपाटका पसलबाट पेटोल उठाएको छन । लगभग ६० लिटर पेटोल उठाएको पसलेहरु बताउछन । उत्त पेटोल प्रहरीले पथरीशनिश्चरे २ स्थीत प्रकाश हेन्सम र्पालरमा बेचन दिएको रहस्य खुलेको छ । पथरीशनिश्चरे आसपासमा पेटोल पम्प नहुदा फुटपाटमा पेटोल बेचन ब्यापारी बाध्य छन । इलाका कार्यलय पथरीशनिश्चरेका प्रहरी निरिक्षक रमेस बस्नेतको टोलिले पेटोल उठाएको र रातिनै उत्त पेटोल सैलुनलाई दिएको थियो । सैलुनलाई पेटोल दिएको कुरा थाहा पाएपछी अरु ब्यापरी आफ्नो पेटोल खोजन इलाका कार्यलय पुगेका थिए । प्रहरीले सबै पेटोल फिता गरेको भनेपछी ब्यापारीहरु सैलुनमा पुगेका थिए । ब्यापारीहरु बिच बाधबिबाद बढदै गएपछी प्रहरीले ८ बोतल पेटोल ल्याएर एक ब्यापारीलाई मिलाई दिएको उत्त ब्यापारीले बताए । एता सैलुन मालिकले मेरो आफ्न्त पुलिस भएको र जति लगेपनी ल्याईदीने भन्दै ब्यापारीहरुलाई धम्काएकी थिन । उत्त सैलुनमा प्रहरी जवानले पहीलेपनी चोरीको बाईकबाट पेटोल ल्याईदीने गरेका थिए ।

DSC_1538

प्रतिक्रिया