राष्ट्रिय एकता आवश्यक: उपराष्ट्रपति पुन
भीमदत्तनगर, ७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकता आवश्यक भएको औँल्याउनुभएको छ ।
बिहीबारदेखि सुरु भएको कैलालीको अत्तरिया महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीहरु विभिन्न जाति, भाषा, धर्मका भएपनि सबैले राष्ट्र निर्माणमा समर्पित हुनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय एकतामा आधारित समृद्ध नेपाल सबै नेपालीको चाहना हो ।” उहाँले भन्नुभयो – “मुलुकको आर्थिक अवस्था सुधार गर्न मेला महोत्सवको विशेष भूमिका रहन्छ ।” उहाँले सुदूरपश्चिम सांस्कृतिक रुपमा धनी र सम्भावना बोकेको ठाउँ भएकाले राष्ट्रले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
सुदूरपश्चिमको विकासले क्षेत्रीय असन्तुलनलाई समाप्त गर्ने भन्दै उपराष्ट्रपति पुनले देशको समग्र आर्थिक अर्थतन्त्रलाई सुदृढ गर्न सहयोग पु¥याउने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य सङ्घले महोत्सव उद्घाटन गर्न आउनुभएका उपराष्ट्रपति पुनलाई तीन किलोको फूलको माला लगाई उहाँमार्फत सरकारसमक्ष तीन बुँदे माग पेस गरेको छ ।
मागमा गेटा मेडिकल कलेजको छिटोभन्दा छिटो काम सम्पन्न हुनुपर्ने, सुदूरपश्चिममा औद्योगिक करिडोर स्थापना र गेटामा रहेको धनगढी विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाइनुपर्ने रहेका छन् ।
अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव आगामी फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । एक सय ७० बटा व्यावसायिक कक्ष रहेको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया