मानबिय शत्रु सात तनाब(स्ट्रेस)बाट बच्ने नौ मन्त्रहरु

इनेप्लिज २०७२ फागुन ६ गते १७:०६ मा प्रकाशित

16021307sanu

दिनको २ बट्टा चुरोट अर्थात ४० खिल्लि चुरोट पिउने एकजना धुम्रपानको तलतलमा लिप्त धुम्रपान प्रेमि अमेरिकन साथिले कुरा कुराकानिकै क्रममा हिजोमात्रै एक सोचनिय कुरा प्वाक्क खसालिहाले। कुरो चाहि यस्तो थियो आफनो श्रीमतिलाइ एउटै कम्पनिमा काम गर्ने आफ्नै साथिले टप्काएर हिडेपछि शुरु भएछ उनको चुरोट पिउने दिनचर्या। उनको तर्क थियो चुरोटले तनाब अर्थात स्ट्रेसलाइ निक्कै नै घटाइदियो। उनको तनाब अर्थात स्ट्रेस र एक्लोपनको प्रगाढ साथि बन्न थालेछ चुरोट। लागु औषध, धुम्रपान र मध्यपान अमेरिकनहरुको एक्लोपन, तनाब र पिडाको सारथि बन्दै गैरहेको त एउटा उदाहरण मात्रै हो।

तनाब र स्ट्रेसले मानिसलाइ शारिरिक, मानसिक एबम रासायनिक असन्तुलित मात्रै नबाउने रहेछ आत्मदाह, आत्महत्या र गम्भिर रोगि सम्म पुर्याउनेमा दैनिक जसो घटिरहने घटनाहरुले नै बताउने गरेको छ। कामको तनाब, आर्थिक तनाब, पारिवारिक तनाब, सामाजिक तनाब वा भैपरि आउने परिबन्दको तनाब अमेरिकि जनजिबन र समाजको ठुलो टाउको दुखाइ र दुर्दशा बन्दै बन्दै गैरहेको छ।

यस्ता बिबिध खाले स्ट्रेस(तनाब)का कारण झन्डै ८० प्रतिसतको हाराहारिमा मानिसहरु प्रभाबित भैरहेको एक अमेरिकि सर्बेक्षणले बताइदियो।

सालाखाला साढे ४ लाखको सख्यामा अमेरिकामा रहेका अधिकाश नेपालिहरु पनि यहि बिबिध खाले तनाबबाट प्रभाबित छन। बिगतमा यस्ता बिबिध तनाबका कारण केहि नेपालिहरुले आत्महत्या समेत गरेका ज्वलन्त उदाहरण हुन स्ट्रेसका। मानब निम्न ७ तनाब अर्थात स्ट्रेसबाट मुख्यत प्रभाबित हुने रहेछन। १) शारिरिक(सुताइमा कमि, बढि थकान र काम,बढि यात्रा आदिबाट), २) रासायनिक(लागु औषध, औषधि, रक्सि, मध्यपान, क्याफिन, बाताबरणिय प्रदुषण, निकोटिनको अधिक प्रयोग), ३) मानसिक( चिन्ता, रिस, आबेग र सबेग), ४) उत्तेजना(दोष, एक्लोपन, निरासा, डरबाट), ५) खाना, खाध्यान्न(गलत खानपिन, खाध्यान्न दोष, भिटामिन, मिनरलमा कमि, दुषितबाट), ६) ट्रौमेटिक(दुर्घटना, घाइतेपन, बिरामि, उच्चरक्तचाप, असुन्तुलित र अस्वभाबिक स्वास्थ्यबाट), ७) साइको-स्प्रिट्युल(सम्बन्धमा उतारचढाब, आर्थिक, सामाजिक, राजनैतिक, बेखुशिपनबाट)।

कसरि बच्ने त यो तनाब अर्थात स्ट्रेसबाट? कान दुखेपछि मात्र कानको महत्व, आखा र टाउको दुखेमात्र आखा र टाउकाको, छाति र मुटु दुखेमात्र छाति र मुटुको महत्व, घाटी वा दात दुखे मात्र शारिरिक महत्वपुर्ण अङ्गको महत्व बुझ्ने हाम्रो आनिबानिमा अलिकति परिबर्तन र गम्भिरताले मात्रै तनाबबाट

बच्न सकिन्छ अर्थात यसमा कमि ल्याउन सकिनेछ। यि ९ वटा कुरामा मात्रै ध्यान पुर्याउन सकिएमा तनाब अर्थात स्ट्रेसमा कमि आउने र दिमागलाइ शान्त र निरोगि बन्न सकिन्छ। खुशि र उमङ्गमा रम्ने वा प्रयत्न गर्ने, भाबना अभिब्यक्त गर्ने, पुरा सुताइ, नियमित अभ्यास, असल सम्बन्धको बिकास गर्ने, प्रेमभाब र प्रेमपुर्ण सहबास, आनिबानिमा परिबर्तन, प्रब्रिति र सोचाइमा परिबर्तन, खाना राम्रोसग नियमित खाने, सकरात्मक र सिर्जनशिल बन्ने। यति मात्रै गरे पनि मानिसलाइ तनाबले खाइदिनबाट बच्न सकिनेछ।अचानोको दर्द खुकुरिलाई मात्र थाहा हुन्छ भने जस्तो तनाब र यसबाट सिर्जित परिणाम भोगिरहेकाहरुले नै स्ट्रेसलेकसरी गाजिरहेको हुन्छ र मानबिय जनस्वास्थ्यमा पर्ने असारको मर्मा राम्ररी बुझेका हुन्छन पिस अफ माइण्डको प्राप्ति नै तनाब अर्थात स्ट्रेसको दबाइ।

प्रतिक्रिया