चेपाङ केन्द्रलाई फलफूल सहयोग

इनेप्लिज २०७२ फागुन ३ गते १३:२८ मा प्रकाशित

रत्ननगर, २ फागुन
गामबेशीको चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुको लागी आज फलफूल सहयोग प्राप्त भएको छ ।
रत्ननगर नगरपालिकास्थित पिठुवा घर भएका भरत कट्टेल, ध्रुब कट्टेल र उत्तम कट्टेलले आफ्नी स्वः आमा टिका देवी कट्टेलको पुण्यस्मृतीमा ५० किलो स्याउ, ६० किलो सुन्तला, र केरा सहयोग गर्नुभएको हो ।
उक्त फलफूलले केन्द्रमा आश्रित बालबालिकाहरुलाई दुई दिनसम्मको खाजा टर्ने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो । केन्द्रमा हाल मकवानपुर, चितवन र धादिङका १ सय ४० जना चेपाङ बालबालिकाहरु आश्रित छन ।

प्रतिक्रिया