पथरीशनिश्चरे नगरपालीकाले छानि छानि लगायो डोजर

इनेप्लिज २०७२ फागुन ३ गते १३:२६ मा प्रकाशित

1

फागुन ३ पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले आफ्नो क्षेत्रको पूर्वपश्चिम राजमार्ग सडक छेउमा बनेको संरचना हटाउने अभियान सुरु गरेको छ । सोमबार पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पथरीशश्चिरे वडा नम्बर १ स्थित राजमार्गको छेउमा निर्माण भएका टहरा तथा पक्की संरचनाहरु भत्काएको हो । फाटफुटे पसलमा लगाएको डोजरले भरखरै संचालनमा आएको गोरखा डिपाटमेनको संरचनामा छुन समेत सकेन ।

IMG_6266

डिपाटमेनले आफ्ने भवन सडक मिची बनाउदा समेत नगरपालीकाका कर्मचारीले डोजर लगाउन नलाएको स्थानियको गुनासो छ । नगरपालिका कार्यलयले सडक किनारमा सढे ८२ फिट भित्र बनाईएका घरको पेटी बस्ने फलैचा, सुन्तला स्याउ पसल, घरसंग सटाई बनाएईएका टहरामा भतकाएको हो । सडक बाट घर पसल पस्ने बाटो समेत भतकाईदा पथरी बासिलाई घर पसल पस्न मुस्कील भएको छ । सडक बनाउने भन्दै सबै बाटा भत्काईदा पथरी शनिश्चरेको स्वरुप बिग्रीएको छ ।

प्रतिक्रिया