दुर्गमको एकीकृत घुम्ती शिविरबाट दुई हजार लाभान्वित

इनेप्लिज २०७२ फागुन ३ गते २:०७ मा प्रकाशित

बैतडी, ३ फागुन । बैतडीको दुर्गम तल्लो स्वराड क्षेत्रमा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट दुई हजार बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई दुर्गम गाउँ बस्तीका जनतासामु पु¥याई भरपर्दो, गुणस्तरीय, सर्वसुलभ, सहभागितामूलक र उत्तरदायी बनाउन माघ २५ गतेबाट घुम्ती शिविर सुरु भएको थियो ।

कुलाउ र शर्माली गाविसलाई केन्द्र बनाई सञ्चालन गरिएको उक्त शिविरमा ९०३ नागरिकता प्रमाणपत्र र ५६ अपाङ्ग परिचयपत्रको वितरण, ८२९ फोटोसहितको मतदाता नामावली सङ्कलन, छवटा प्रविधि हस्तान्तरण, सातजना चितुवाको आक्रमणबाट घाइतेका लागि सोलार प्यानल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

शिविरमा भूकम्प प्रतिरोधी निर्माणबारे जनचेतना, कृषि सेवा तथा बीउ वितरण, पशुसेवा तथा औषधि वितरण, फलफूलखेतीसम्बन्धी प्रचारप्रसार गरिएको समेत उहाँले बताउनुभयो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्य शिविरबाट ४०० बढी महिला लाभान्वित भएका छन् ।

मेलौलीको केशरपुर स्वास्थ्य चौकीमा भएको शिविरमा १३५ जना महिलाको अल्ट्रासाउन्डमार्फत गर्भजाँच गरिएको छ भने ११ जना महिलाको बन्ध्याकरण गरिएकोे छ ।

यस्तै कुलाउमा १०९ जना गर्भवती महिलाको जाँच गरिएको छ भने शर्माली गाविसमा ८८ जना गर्भवती महिलाको जाँच गरिएको छ । २९ जना महिलाले बन्ध्याकरण गरेका छन् भने चारजना पुरुषले पनि बन्ध्याकरण गरेका छन् ।

यस्तै २० जना महिलाले इम्पलान्ट सेवा लिएका छन् भने चारजना पाठेघर खसेका महिलाको रिङ्पे्रसरी राखिएको छ । यस्तै ११ जना महिलाले पाखुरामा राखेको इम्पलान्ट निकालेका छन् ।

यस्तै सलेना गाविसमा सातजनाको बन्ध्याकरण गरिएको छ भने २५ जना गर्भवती महिलाको अल्ट्रासाउन्डमार्फत जाँच गरिएको छ । यस्तै एकजना महिलाले पाखुरामा राखेको इम्पाल्नट निकालेकोे डा गुणराज अवस्थीले जानकारी दिर्नुभयो ।

यसै अभियानलाई निरन्तरता दिने सिलसिलामा यही फागुन महिनाको अन्तिम सातामा पुर्चौडी हाटमा चार दिनको र आगामी वैशाख महिनामा च्वाँगड क्षेत्रका गाविसमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया