आमा–बुबा पूजन कार्यक्रम

इनेप्लिज २०७२ फागुन ३ गते २:०६ मा प्रकाशित

जनकपुरधाम, ३ फागुन । संस्कृति, संस्कार र जीवनशैलीको पहिचानलाई प्रगाढ बनाउने उद्देश्यले यहाँ आमा–बुबा पूजन समारोहको आयोजना गरियो ।

राधाकृष्ण पतञ्जली योग सेवा केन्द्रद्वारा आयोजित सो समारोहमा १५१ आमा–बुबालाई छोराछोरीले पूजा गरेका थिए ।

सो अवसरमा आध्यात्मिक योग अभियानकर्ता विनय भाइले जीवन यात्रालाई सेवा, त्यागको मार्गमा डो¥याउन सक्नुपर्ने बताउँदै आमा–बुबाप्रति वृद्धि भएको नकारात्मक सोचमा परिवर्तनको उद्देश्यले समारोहको आयोजना गरी अभियान सञ्चालन गरिएको हो भन्नुभयो ।

कार्यक्रममा शरीरको आहार, रोगको मूलकारण, रोगको उपचार, आत्माको आहार, दुःखको किसिम र पूजन सामग्रीका बारेमा प्रशिक्षण पनि दिइएको थियो ।

धार्मिक अभियानकर्ता भोगेन्द्रलाल कर्णले आमाबुबाको पूजन अभियानलाई निरन्तरता दिँदै यस अभियानलाई जागरणका रूपमा गाउँ गाउँमा सञ्चालन गरिने बताउनुभयो ।

सो अवसरमा बालबालिकाले चमत्कारी योग प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया