चाँडै सहमतीय सरकार बन्छ: उपप्रधानमन्त्री गच्छदार
सोलुखुम्बु, २ फागुन । भौतिक योजना तथा निर्माण मन्त्री एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले देशमा चाँडै सहमतीय सरकार बन्ने बताउनुभएको छ ।
जीवनज्योति उच्च मावि नेले सोलुखुम्बुको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले संविधान कार्यान्वयन र देश विकासका लागि सहमतीय सरकार आवश्यक रहेको बताउनुभयो । अब कम्तीमा ३ वर्षका लागि देशका सबै ठूला शक्ति सम्मिलित सरकार आवश्यक रहेको र त्यसको पहल भइरहेको भन्दै उहाँले चाँडै त्यसको नतिजा प्राप्त हुने बताउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले तराईको आन्दोलन रोकिएको र अब तराईमा भएको क्षतिलाई समेत ध्यान दिएर सबै दल एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको र यसमा ठूलो दल काँग्रेस पनि सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो ।
देशमा अब राजनीतिक आन्दोलनभन्दा विकास निर्माणको आन्दोलन आवश्यक रहेकाले सबै दल मिलेर अबको १० वर्षमा देशलाई विकासको गतिमा उच्चतम् बनाउन अहिलेको सरकार कटिबद्ध रहेको पनि उपप्रधानमन्त्री गच्छदारले बताउनुभयो ।
आजबाट सुरु भएको जीवनज्योति उच्चमावि नेलेको स्वर्ण महोत्सव विभिन्न कार्यक्रमसहित एक साता चल्ने प्राचार्य प्रभुराम बस्नेतले जानकारी दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया