गच्छेखोला बजार, अर्घाखाँची । ढिकुरा नमुना युवा परिसदको पहलमा सन्धिखर्क नगरपालिका ( ९ प्रगतिनगर मुनी ( ढिकुराको बिचमा पर्ने टिमुरेखोलामा निर्माण गरिएको पुल आज सर्बसाधारणको प्रयोगको लागि उद्घाटन कार्यक्रम गरि खुला गरिएको छ ।
ढिकुरा गाबिसका पुर्ब गाबिस अध्यक्ष तथा पुल निर्माण सहयोग संकलन अभियानमा सबै भन्दा बढी रकम नेरु २५००० सहयोग गर्नुहुने ढिकुरा २ निवासी हाल सन्धिखर्क नगरपालिका ९ मा रहनुहुने नारायण खनालबाट रिबनकाटेर बिधिवत उद्घाटन गरिएको हो ।
कुल लागत २ लाख ५५ हजार रहेको सो पुल उदघाटन कार्यक्रममा परिसदका पदाधिकारीहरु, स्थानिय बासिन्दा लगायतको व्यापक उपस्थिति रहेको सो उद्घाटन कार्यक्रम पश्चात् ढिकुरा १ टोडेयारमा रहेको सस्थाको कार्यलय परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रम परिसदका अध्यक्ष राममणी भट्टराईको अध्यक्षता, नारायण खनालको प्रमुख आतिथ्यता, सचिब भुवन केसीको सन्चालन तथा अमृतहरि घिमिरेले स्वागत एबम सस्थागत गतिबिधिको बारेमा बोल्नुभएको थियो ।
पुल निर्माणको लागि देश बिदेशबाट आर्थिक भौतिकरुपले सहयोग गर्नुहुने सबै सहयोगदाताहरुलाई उद्घाटन समयमा स्मरण गर्दै सबैलाई धन्यवाद प्रकट गरिएको थियो । कार्यक्रमको मन्तब्यको क्रममा प्रमुख अतिथी रहनु भएका नारायण खनाल, अतिथिहरु शारदा उमाविका प्राचार्य डासीराम भट्टराई, सो पुल निर्माणको जिम्मा लिएका देउराली कन्स्ट्रक्सनका प्रोप्राइटर ध्रुब चुदाली, स्थानीय बसिन्दा तथा शिक्षक बाबुराम चुदाली सो सस्थाका कोषाध्यक्ष दिपक चुदाली लगायतले परिसदको कार्यलाई प्रसम्सा गर्दै यस्तै सामजिक गतिविधिलाई आफुहरुले सबै किसिमले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै नारायण खनालले ढिकुरालाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न अर्घाको डाडोमा प्याराग्लाइडिङ, खेल मैदान, पर्यटकिय स्थलको उदाहार्ण दिदै हाम्रो मसिनाको लेखमा पनि पर्यटनको प्रसस्थ सम्भावना छ भन्नुहुदै अब यो ढिकुराको बिकासको लागि आगामी दिनमा बिना राजनैतिक पुर्वाग्रहले यस्तै युवाहरु एकजुट भएर सामाजिक कार्यमा अग्रसर भएमा बिकास सम्भब छ भन्नू हुँदै आफुले परिसदका हरेक गतिबिधीमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
टिमुरेखोलामा पुल नहुदा हरेक बर्ष बच्चा बच्ची, बुढाबुढी बिरामी कर्मचारी तथा भारी बोकेकै अवस्थामा बगाएर दुघटना भैरहेको र सो पुलको निर्माणले अत्यन्तै सुबिधा भएको सर्बसाधारणको भनाई थियो । राज्यले बर्सौ पहिले बनाउनु पर्ने यो पुल परिसदले बनाएकोमा यो नेपाल मै उदाहारणिय कार्य भएको बक्ताको भनाई छ ।
सो कार्यक्रमको समापन मन्तव्यमा बोल्दै अध्यक्ष राम्मणी भट्टराईले सबैको सहयोगले एउटा राम्रो कार्य भएको र भबिस्यमा पनि यस्तै गतिबिधी जारी रहने बताउदै सबैलाई धन्यवाद दिनुभएको थियो ।
सो पुल निर्माणको लागी नेपालको अलावा दुवइ कतार मलेशिया साउदी बहराइन कोरिया, जापान, अमेरिका लगायतमा अध्ययन तथा रोजगारीको लागी गएका युवाहरुले खुल्ला मनले सहयोग गरिरहेका र सहयोग संकलन अभियान जारी रहेको र सस्थाको आसन्न अधिवेशन यहि फाल्गनु ८ मा ढिकुराको बाझापोखरामा हुन गइरहेको र सो अधिवेशनमा के कति कहाबाट सहयोग जुटयो भन्नेबारे विस्तृत आम्दानी तथा खर्चको पारदर्शि प्रतिवेदन सार्वजानिक गरिने जानकारी कतारमा लामो समय बसेर नेपालमा आइ हाल सो सस्थामा सक्रिय भुमिका निभाउनुभएका भुवन केसीले बताउनुभयो ।
प्रतिक्रिया