अमेरिका प्रणय दिवस कै दिन आएर प्रणय दिवस कै दिन पत्नीले संसारबाट सदाको लागि बिदा लिदा

इनेप्लिज २०७२ फागुन २ गते ३:१७ मा प्रकाशित

rakesh tuladhar

हरेक जन्ममा ईश्वरी मेरो साथ रहोस र म उस्को हुन् पाऊ : राकेश तुलाधर

अमेरिका प्रणय दिवस (भ्यालेनटाईन डे) कै दिन आएर प्रणय दिवस कै दिन पत्नीले संसारबाट सदाको लागि बिदा लिदा पति राकेश तुलाधर भन्छन म अभागी रहेछु l सन् २००१ फेब्रुअरी १४ ,प्रणय दिवस (भ्यालेनटाईन डे) कै दिन आफ्नी प्राण भन्दा प्यारी पत्नी स्व ईश्वरी तुलाधर संग नेपालबाट अमेरिका संगै आएको र फेब्रुअरी १४ ,२०१५ मा प्रणय दिवस कै दिन कहिले नफर्किने गरि आफु र आफ्ना साना नानिलाई छोडेर जाँदा पतिको मन कति दुखेको होला l त्यो पिडा र बेदना नाप्ने साधन नै आविष्कार भएको छैन होला भन्दा अतिसयोक्ति नहोला ।

आफ्नी धर्म पत्नीलाई अल्प आयुमा गुमाउनु पर्दा लागेको ठुलो घाउँ अझ पनि निको हुने छाँट देखिदैन l यस्तै अप्रत्याशित घटना आफुलाई घट्दा र जीवन संगिनीले चट्ट छोडेर गै दिदा ब्याकुल हुदै म कसरि जीवन घसेटी रहेको छु त्यो मलाई थाहा छ ,डिसी महानगर क्षेत्रमा स्थापित एरो नेपाल ट्राभल्सका संचालक राकेश तुलाधरले भाबुक हुदै भने l

सदाको लागि आफुलाई छोडेर गएकोमा मर्माहत भएको तुलाधर सानो स्वरले भने l प्राण त्यागे देखि आफु बिचलित छु l २४ सै घण्टा उनको यादमा डुब्छु l अनेकन कुराहरु मस्तिस्कमा खेल्छ l कस्तो योजना बनाएर लामो समय बिताउने बचन बद्धता थियो l त्यो सबै उडायो l र ,सपना चकनाचुर बनायो भन्दै भाव बिभोर भए l

rakesh tuladhar 2

ईनेपलिज़ संग गफिने क्रममा उनले भने हरेक जन्ममा म उसको हुन् पाऊं l ईश्वरी हरेक जन्ममा मेरो साथ रहोस l मेरो कामना र ईक्षा त्यो छ भने l भगवानले मलाई अन्याय गरेको जस्तो लागेको बताए l अकल्पनीय घटना हुन् गयो l अझ पनि ईश्वरिले मलाई छोडेर गएको जस्तै नै लाग्दैन तुलाधरले बताए l तुलाधरले भने आसुको धारा नै अब सुक्न लाग्यो भन्दै आफू अभागी रहेको बताए l

कति पिडा र बेदना बोकेर हिडेको छु l छाती चिरेर देखाउन मिल्दैन भन्दै मुटुमा गाठो परेको छ l छातीमा काटी र किल्ला गाडेको जस्तो हुन्छ भन्दै १५ बर्ष सुख र दुखमा संगै आफु संग बिताएकी अर्धांगिनीले सुटुक्क र द्रुत गतिमा संसार त्याग्दा मस्तिष्कले काम गर्न छोडेको बताए l

नेपालमा कतार एयरवेज मा काम गर्दा बैबाहिक जीवनमा बाधिएका ईश्वरी र आफ्नो प्रेम बिबाह भएको तुलाधरले जानकारी दिए l उनले भने सन् २००० मा बिबाह भएको भन्दै हवाई क्षेत्रमा दुवै जना १५ बर्ष काम गरेको चर्चा गरे l मलासय अबुर्दरोग (कोलोन क्यान्सर) लागेको केवल ५ महिना मा नै ईश्वरीले देह त्याग गरिन भन्दै दुख व्यक्त गर्दै कति के गरौला भन्ने ईक्षा रहेको बताए l भगवान कति निस्ठुरी रहेछन भन्ने लागेको बताए l

राकेश तुलाधर काठमाडौँ असनका हुन् भने स्व ईश्वरी तुलाधर सामाखुसी कि हुन् l तुलाधरका दुई सुपुत्री जेठी साक्षी १२ बर्ष र सानी सासा केवल ४ बर्ष क मात्र छन् l ठुली लाई आमाले सदाको लागि छोडेर गएकि भन्ने थाहा पाउछिन भने सानी सासाले अझ पनि अस्पतालमा हुनु हुन्छ जस्तो कुरा गर्ने तथा आमा आकाशमा रहेका तारामा परिणत भएको कहिले काही कुरा गर्ने पिता राकेश तुलाधरले बताए l

rakesh tuladhar 4

ठुलिको जन्म न्युयोर्क र सानीको जन्म भर्जिनियामा भएको उनले अवगत गराए l कुरा गर्दै जादा गम्भीर हुदै उनले भने म ईश्वरी लाई अति माया गर्छु l अचानक जीवनमा यस्तो आँधि आउछ होला भन्ने कहिले कल्पना समेत नगरेको उल्लेख गरे l

तुलाधरले ईश्वरीले भनेको सम्झदै भने बिबाह बन्धनको गाँठोमा बाधिए पछि आफुलाई पाउदा अति हर्षित र खुशी भएको बताएकी थिइन् उनले सम्झेl अमेरिका जस्तो राष्ट्रमा ईश्वरीलाई बचाउन सकिएन भन्दै अकल्पनीय घटना मेरो जीवनमा घट्यो भन्दै लामो सास लिए l आफ्नी पत्नीको सम्झनामा बिहान उठेर सम्झना गर्दै र प्रेम ज्यादै भएकोले बत्ति बाल्ने गरेको छु भन्दै यत्रो मेहनत पछि सन २०१२ मा एरो नेपाल ट्राभल ईश्वरी कै कारण स्थापना गरेको उल्लेख गरे l

rakesh tuladhar 3

उनले पटक पटक ईश्वरीलाई सपनामा पनि देख्छु भने l अहिले आफ्नो काम बाहेक बच्चाहरु संग रमाउने गरेको छु राकेश तुलाधरले भने l आमाको मुख हेर्ने दिन नानीहरुले स्व ईश्वरी (आमा)लाई सम्झेकोले आफ्नो घरको छतमा गएर आकाशमा हेर्दै थुप्रै ताराहरु मध्ये एक चम्किलो तारालाई छानेर उ नै ईश्वरी हुन् भन्दै तारा छोरिहरु र आफुले छानेको बताए l तारा छान्दा बच्चाहरु पनि खुसि भएको बताए l

उनले अर्को जुनी मात्र हैन सात जुनी सम्म उनि नै प्राप्त गरे सदैब माया गरेर राख्छु भन्दै भक्कानिए l उनको सम्झनामा नेपालमा गएर केहि गर्ने सोच बनाई रहेको बताए l

१५ बर्ष संगै बिताएकी ईश्वरी तुलाधरको मृत्यु फेब्रुअरी ७ तारिख वाशिंगटन डिसी स्थित जर्ज टाउन अस्पतालमा भएता पनि भ्यालेन्टाइन डे ,फेब्रुअरी १४ तारिख कै दिन उनको दाह संस्कार गरिएको थियो l लामो समय संग उनि संग बिताउनु मन छ भन्दै प्राप्त गरे माया गरि रहने छु भनि राकेश तुलाधरले भाबुक हुदै आफ्ना कुरा राखे l

प्रतिक्रिया