सिद्धि विनायकमा सरस्वती पुजा एवम् अक्षरारम्भ

इनेप्लिज २०७२ फागुन १ गते १२:५२ मा प्रकाशित

3

रत्ननगर १, फागुन ।
पूर्वी चितवनको कालिका नगरपालिका ७, खोलेसिमलमा रहेको सिद्धि विनायक आवासिय मा.वि. मा आज शनिवार सरस्वती पुजा एवम् नयाँ भर्ना भएका नर्सरीका विद्यार्थीहरुलाई अक्षरारम्भ गरिएको छ ।

4
यस क्षेत्रकै पुरानो विद्यालयले २१औं सरस्वती पुजा एवम् साना–साना विद्यार्थीहरुलाई अक्षरारम्भ गरिएको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिए । सरस्वती पुजाको अवसरमा आज भर्ना भएका विद्यार्थीहरुलाई भर्ना शुल्कमा विशेष छुट दिइनुका साथै किताव, कलम, कापी समेत निशुल्क रुपमा उपलब्ध गराइएको लामिछानेले जानकारी दिए । सो अवसरमा विद्यालयमा ६७ जना विद्यार्थीलाई अक्षरारम्भ गराइएको थियो ।

3 सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालय अन्तर्गत भण्डारा स्रोत केन्द्रका प्रमुख रामकृष्ण लम्साल, विद्यालयका डाइरेक्टर लिला बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमार गौतम, विद्यालयका प्राचार्य विष्णुमणी लामिछाने, विद्यालयका सहायक प्राचार्य नवराज बञ्जारा, शिक्षक पुरुषोत्तम दवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वती पुजा गर्ने गरिन्छ । विद्याकी देवी सरस्वतीको पुजाको दिन अक्षरारम्भ गरेमा विद्यार्थीहरुको पढाई राम्रो हुने जनविश्वास रहेको छ ।

2 1

प्रतिक्रिया