लुटियो धनमाल

इनेप्लिज २०७२ फागुन १ गते ४:०० मा प्रकाशित

जनकपुरधाम, १ फागुन । पूर्वी धनुषाको लक्कर गाविस–२ बस्ने श्रीचन यादवको घरमा डकैती हुँदा करिब रु आठ लाख मूल्य बराबरको धनमाल लुटेका छन् ।

हातहतियारसहित आएका डाँकाको समूहले पाँच राउण्ड हवाई फायर गर्दै शुक्रबार राति यादवको घरमा डकैती थिए ।
स्थानीय विश्वेश्वर यादवले दिनुभएको जानकारी अनुसार सो समूहले यादव, उनका श्रीमती र आफन्तलाई कुटपिट गरी नगद रु तीन लाख, ४० तोला चाँदीका गहना, तीन तोला सुनका गहना लुटेर लगेको थिए ।
डाँकाको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

प्रतिक्रिया