उपचार हुन सकेन

इनेप्लिज २०७२ फागुन १ गते ३:५५ मा प्रकाशित

जाजरकोट, १ फागुन । मेरुदण्ड भाँचिएका एक युवकको आर्थिक अभावमा कारण काठमाडौँको त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया हुन सकेको छैन ।

दशेरा गाउँ विकास समिति –१ स्थित पहरो फुटेस्थित ढङ्गेखानीबाट ढुङ्गा निकाल्न गएका वडा नं २ का ४३ वर्षीय जरो लुहारको माथिबाट आएको ढिस्कोले किच्दा पछाडिको मुख्य मेरुदण्ड भाँचिएको थियो ।

लुहारको उपचारका लागि उनलाई गत हप्ता सो अस्पतालमा पुर्‍याइएको परिवारले जानकारी दिएको छ । परिवारका अनुसार अस्पतालले शल्यक्रिया गर्नका लागि रु एक लाखभन्दा बढी रकम लाग्ने भनेपछि आवश्यक रकम जुटाउन नसकिएको स्थानीय चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले लुहारको शल्यक्रियाका लागि आवश्यक पर्ने रकम सहयोग गर्न सवैसित आग्रह समेत गर्नुभयो । रकमको अभावमा शल्यक्रिया गर्न रोकिएको थापाले वताउनुभयो ।

प्रतिक्रिया