प्रहरी हाम्रो साथी अभियन सुरु

इनेप्लिज २०७२ फागुन १ गते ३:५३ मा प्रकाशित

पर्सा, १ फागुन । तराई मधेश आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले बालबालिकाको मस्तिष्कमा पारेको नकारात्मक असरलाई कम गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अभियान सुरु गरेको छ ।

प्रहरी हाम्रो साथी नामक सो अभियान शुक्रबारदेखि सुरु भएको हो । अभियान अन्तर्गत बालबालिकाका साथमा प्रहरीद्वारा सचेतना ¥याली निकालिएको थियो ।
कार्यालयका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले प्रहरी हाम्रो साथी हो भन्ने भावलाई जगाउन बालबालिकालाई प्रहरी सेवा, काम र कर्तव्यका बारेमा जानकारी दिन अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
शिक्षाविद डा. दिपक शाक्यले बालबालिकामा रहेको सोचलाई मात्र नभई अभियानले प्रहरीको आचरणमा समेत परिर्वतन ल्याउने विश्वास व्यक्त गर्नु भयो ।
अभियान अन्तर्गत हरेक हप्ता एक विद्यालयका बालबालिकासंग सम्वाद गरी र प्रहरी कार्यालयको भ्रमण समेत गर्ने प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया