डब्लुबिएमसी द्वारा भूकम्प पिडितलाई राहत वितरण

इनेप्लिज २०७२ माघ २९ गते १९:२४ मा प्रकाशित

IMG_6971

वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाको पहलमा अमेरिका भरि रहेका विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगले काभ्रे जिल्ला को पिपलटार गाउ स्थित दनुवार वस्ती का ६० घर धुरीलाई शुक्रबार भूकम्प पिडितलाई राहत वितरण गरेको छ l

उक्त राहत बितरण कार्यक्रम वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि कि कार्यकारी प्रमुख अधिकृत शारदा पौडेल रेग्मीको साथै नेपाली प्रख्यात गायिका कोमल ओली तथा अर्की गायिका ऋतु कंडेलको उपस्थितिमा वितरण गरिएको थियो यसै गरि राहत वितरण कार्यक्रममा एसबिएससीका सन्तोष पौडेल तथा सरोज ढुंगाना हरुको पनि बिशेष भूमिका रहेको थियो

बस्तिसम्म पुग्न र बाताबरण मिलाउने बिकु लामा र सम्पूर्ण स्थानीयहरु गाउले प्रति अमेरिकाबासी सहयोगीहरुले धन्यबाद दिएका छन् l

उक्त राहत सामग्रीको सहयोग गर्नु हुनेहरुमा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक बुद्धि प्रसाद रेग्मी ,न्युयोर्क ,टेक गुरुङ ( न्यु योर्क) ,सुबोध पन्त ( बाल्टिमोर),राजेन्द्र थापा ( बाल्टिमोर) ,बिजय श्रेष्ठ ( बाल्टिमोर) ,टेक राज पौडेल र साथीहरु ( शिकागो),बिजया गिरि ( मिल्वाकी ),राजु श्रेष्ठ ( न्यु योर्क),सुमन बुढा ( न्यु योर्क),महेश रेग्मी ( अस्टिन ),सी. के. पराजुली ( जर्जिया ),देव गौतम ( पिट्स बर्ग ),कृष्ण ढकाल ( कोलम्बस ) तथा देव राज कंडेल ( नेब्रास्का ) रहेका छन् l

IMG_6972

प्रतिक्रिया