शब्द चिन्तनबाट कोइरालाप्रति श्रद्धाञ्जलि
देवर्षि । माघ २९ काठमाडौं । शब्द चिन्तन संरक्षण मण्डलले पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । सो संरक्षण मण्डलका तर्फबाट मण्डलका प्रधानसंरक्षक स्वामी दुर्गादासले बिहीवार एक श्रद्धाञ्जलीविज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
श्रद्धाञ्जली विज्ञप्तिमा कोइरालाको योगदानको बारेमा चर्चा गर्दै स्वामी दुर्गादासले राजनीतिक क्षेत्रले सदियौंदेखिको नेपालको गरिमामय पहिचान हिन्दूराष्ट्रको परिचयलाई हटाउन खोजिरहँदा तथा त्यसका विरुद्ध धार्मिक क्षेत्र आन्दोलित भइरहेको बेलामा समुचित निकास आओस भन्ने मनसायले शब्द चिन्तन संरक्षण मण्डलले स्व. कोइरालाको प्रधानमन्त्री कार्यकालमा गत भदौमा कोइरालालाई ज्ञापन–पत्र बुझाएको स्मरण गर्नु भएको छ । साथै कोइरालाबाट सो ज्ञापन–पत्र बुझिसकेपछि ज्ञापन–पत्रले अभिव्यक्त गरेको विषयलाई आफ्नो पार्टी र सरकारले गम्भीररूपमा मनन् गरिरहेको बताउनु भएको वचन कोइरालाको स्वर्गारोहण भएको यस क्षणमा सो संस्थालाई ताजावत् स्मृति भइरहेको उल्लेख गर्नु भएको छ । विज्ञप्तिका साथमा ज्ञापनपत्र बुझाउँदाको वखतका तस्वीरहरूसमेत पोष्ट गरिएको छ । विज्ञप्तिमा अगाडि, संविधानमा धार्मिक क्षेत्रको मागको मर्म अनुसार सम्बोधन नभए पनि कोइरालालगायतको गाम्भीर्यताको कारणले नै सनातन धर्मलाई अनुसूचिमा भएपनि परिभाषाको रूपमा सम्बोधन गरिएको सो संस्थाको बुझाइ रहेको उल्लेख छ । संविधानमा सनातन हिन्दूधर्मलाई सम्बोधन हुनुपर्छ भन्ने विषयमा कोइरालाको प्रधानमन्त्री कार्यकालमा आध्यात्मिक क्षेत्रबाट सो संस्थाले बुझाएको ज्ञापनपत्र पहिलो हुनसक्ने समेत भनिएको सो श्रद्धाञ्जलि विज्ञप्तिमा ‘अनुसूचिमा लगेर गरिएको सम्बोधन नेपाली शब्दकोश अनुसार किमार्थ मिल्दैन । मात्र त्यो नेपाली राजनीतिक क्षेत्र नेपालको सार्वभौमधर्म इतरको पक्षसँग चुकेको छ र त्यसवापत धर्मनिरपेक्ष शब्द हटाउन सकेन भन्ने प्रकारान्तरित अभिव्यक्ति हो । तथापि कोइरालालगायतका केही सनातन धर्मका मर्मबोधी व्यक्तित्त्वहरूको अडानको कारण राजनीतिक क्षेत्रले शब्दकोश विपरित भएपनि सनातन धर्मलाई सम्बोधन गरेको हो भन्ने यस शब्द चिन्तन संरक्षण मण्डलको बुझाइ रहेको छ’ भनिएको छ ।
विज्ञप्तिमा स्वामी दुर्गादासले संविधानको व्यवहारिक प्रयोग जे होला तर पनि स्व. कोइरालाको नेतृत्त्वको सरकारले नेपालको संविधानविहिन अवस्थालाई विसर्जन गर्दै संविधान दिएको र सो कुराको पहिलो श्रेय स्व. सुशिल कोइरालालाई नै जाने तथा भावी पीढीले त्यसको स्मरण गरिरहने कुरा व्यक्त गर्नु भएको छ ।
संविधानसभाको निर्वाचन भएर पनि पाँच वर्षमा तीन–तीनवटासरकारबाट निकास ननिस्किएपछि पुनः संविधानसभाको निर्वाचन भएर कोइरालाको नेतृत्त्वमा बनेको सरकारमा कोइरालाले पुर्याउनु भएको योगदान अतुलनीय छ, सो श्रद्धाञ्जली विज्ञप्तिमा भनिएको छ ।
संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्न नसकेकोमा राजनीतिक क्षेत्रप्रति लक्षित गर्दै, देशको राष्ट्रिय अस्मिता विश्वको एकमात्र हिन्दूराष्ट्रको विशेष महत्त्वपूर्ण सान–मान र परिचयलाई मासेर यो भूमिको अस्तित्त्व परधर्मी एवम् अराष्ट्रिय तत्त्वको हातमा सुम्पिनको लागि सौदाबाजी गरिरहेका राजनीतिका खलनायकहरूले कोइरालाको निधनबाट आफूहरू पनि मर्नु पर्छ, मर्दा देश र जनताको मानसपटलमा स्मृति राख्नको लागि राष्ट्र–राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रधर्म, राष्ट्रिय मौलिकता एवम् राष्ट्रिय स्वाभिमान आदिको संरक्षणको लागि योगदान गर्नुपर्दो रैछ भन्ने बोध गरुन्, भनिएको छ ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया