श्री पशुपतिनाथ फाउण्डेशनले सरस्वती पुजा मनाउदै

इनेप्लिज २०७२ माघ २९ गते २:३८ मा प्रकाशित

लस एन्जलस, ११ फेबुअरि । श्री पशुपतिनाथ फाउण्डेशनले यही शनिवार, फेव्रुअरी १३ तारिख अर्थात वसन्त पञ्चमीका दिन विद्या, वुद्धि र विवेककी देवि सरस्वतीको पुजा आयोजना गर्ने भएको छ । वसन्त पञ्चमीलाई सरस्वती पुजाको रूपमा मनाउने हाम्रो परम्परा रहिआएको छ । उक्त दिन आफ्ना वालवालिकाहरूलाई पुजामा सहभागी गराइ लाभ उठाउँनुहुन फाउण्डेशनले सम्पूर्ण जनसमुदायमा हार्दिक आव्हान गरेको छ । पण्डितद्वारा वैदिक विधिअनुसार गरिने उक्त पुजा विहान ९:०० बजे शुरू भइ ११:०० बजे समापन गर्ने र पुजा पश्चात प्रसादको पनि व्यवस्था गर्ने जनाएकोछ । यस पुजा कार्यक्रमको प्रायोजन समाजसेवी तथा श्री पशुपतिनाथ फाउण्डेशनका सदस्य वेदभक्त जोशीले गर्नुभएको छ । अनुभवि शिक्षक पदम थापा द्वारा करिव २ महिना देखि हरेक आईतवार विहान ११ बजे देखि १ बजेसम्म हाम्रा वालवालिकाहरूलाई पठन पाठन गराईरहेकाछन । यस नेपाली पाठशाला बाट ३० जना भन्दा बढी वालवालिकाहरूले लाभ उठाईरहेका छन् । पाठशालाको व्यवस्थापनका लागि श्याम जोशीको अध्यक्षतामा एक समितिको समेत गठन भएको छ भने उक्त समितिले पाठशालालाई व्यवस्थित , प्रभावकारी तथा उपलव्धिमूलक वनाउन सकृयता पूर्वक कार्य गरिरहेको छ । पाठशालालाई व्यवस्थित एवम प्रभावकारी ढंगले सञ्चालन गर्नका साथै वालावालिकाहरूको उपस्थिति वृद्धिका लागि फाउण्डेशनले दर्ता (Registration) प्रकृयालाई अनिवार्य वनाएको छ । “वालवालिकाहरूलाई प्रेरित गरी पाठशालामा सहभागि गराउन हामी हाम्रा सम्पूर्ण अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछौँ ” – फाउण्डेशनले भनेको छ । स्मरण रहोस, आउँदो अप्रिल सेसनका लागि दर्ता गर्ने अन्तिम मिति यही मार्च २१ तारिख सम्म तोकिएको छ । पाठशालामा आफ्ना वालवालिकाहरूको दर्ताका लागि कार्यालयको फोन नं (562) 864 -7600 अथवा (562) 304 -8146 अथवा श्याम जोशी (562) 841-7031 मा सम्पर्क गर्नसकिने कुराको जानकारी श्याम जोशीबाट हामीलाइ प्राप्त भएको छ ।

प्रतिक्रिया