नेजा सदस्यता वितरण,नवीकरण एवं पाँचौं अधिवेशन सम्बन्धी‏

इनेप्लिज २०७२ माघ २९ गते २:३२ मा प्रकाशित
यस नेपाल अमेरिका पत्रकार संघ-नेजाको पाँचौं अधिवेशन आगामी मे ७-८,२०१६ का मितिमा क्यालिफोर्नियाको लस एञ्जलस शहरमा हुन लागेको बारे सदस्य साथीहरु अवगत नै हुनुहुन्छ | नेजाको आसन्न पाँचौं अधिवेशनको सन्दर्भमा सदस्यहरुका बीच आपसी छलफल,नेजाको द्वैवार्षिक ‘प्रयास’ प्रकाशन र सदस्यता नवीकरण एवं वितरणका लागि निम्न मिति,समय र स्थानमा एक कार्यक्रमको आयोजना गर्न लागिएको छ | तसर्थ नेजाका सबै सदस्यहरु,सदस्य बन्न इच्छुक सहकर्मी सञ्चारकर्मी साथीहरु र शुभेच्छुकहरुलाई समेत यस छलफल कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं |
नेजाले साधारण सदस्यता नवीकरणसँगै आजीवन सदस्यता वितरणलाई पनि प्राथमिकता दिएको हुँदा संस्थाका संस्थापक सदस्य एवं पदाधिकारीहरु,पूर्व पदाधिकारी एवं वर्तमान साधारण सदस्यहरु सबैलाई आजीवन सदस्यता ग्रहणका लागि विशेष आग्रह गर्दछौं | आजीवन सदस्यता शुल्क तीन सय डलर रहेको छ |
कार्यक्रम
मिति: फेब्रुअरी २८, २०१६ आइतवार |
समय: मध्यान्ह १२:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म
स्थान: निराला स्वीट्स एण्ड रेष्टुरेन्ट
Niralla Sweets and Restaurant
7038 Spring Garden Dr, Springfield, VA 22150
सम्पर्क:
विश्वराज थापा
क्षेत्रीय संयोजक, डिसी क्षेत्र- नेजा
फोन: ५७१ २४१ ७०९१
गौतम दाहाल
अध्यक्ष, नेजा
फोन: ४१० ९०८ ८७४४
नेपाल अमेरिका पत्रकार संघ

Gautam Dahal 

President,Nepal America Journalists’ Association (NEAJA)
Founder Editor-in-chief, www.globenepal.com

 

प्रतिक्रिया