डा कोइरालालाई असल शासन पुरस्कार

इनेप्लिज २०७२ माघ २८ गते १५:३६ मा प्रकाशित

godकाठमाडौँ, २८ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा भगवान कोइरालालाई असल शासन फाउन्डेसनद्वारा असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरिएको छ ।

फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा चिकित्सा संस्थामा असल शासन तथा आर्थिक पारदर्शिता कायम गरी उदाहरणीय काम गरेको भन्दै फाउन्डेसनले रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो ।

डा कोइरालालाई सम्मान गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नकारात्मक विचार त्यागेर सकारात्मक पक्षलाई अवलम्बन गरेमात्र व्यक्ति सफल हुने बताउनुभयो । उहाँले भन्नुभयो– “सबैको भलाइ र सम्मान हुने काम गरेमात्र असल शासन निर्माण हुनेछ ।”

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राष्ट्रप्रेम र सेवाभाव जगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले डा कोइरालाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको र उहाँबाट धेरैले ‘हामी मेहनत गरे सफल हुनसक्छौ’ भन्ने पाठ सिक्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष केदार खड्काले ‘नागरिक समाज दिगोपना सूचक २०१४’ को प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा नागरिक समाजको दिगोपनामा क्रमशः सुधार हँुदै गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया