रिसइबी साधेर छिमेकीको हत्या
बुटवल, २८ माघ । सैनामैना नगरपालिका–१० शान्तिटोलमा खगेश्वर काफ्लेको हत्याका अभियुक्त तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यही माघ १९ गते साँझको समयमा घर बाहिर बोलाएर खगेश्वरको हत्या भएको थियो ।
घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले अभियुक्तलाई हेटौँडाबाट पक्राउ गरेको हो ।
खगेश्वरलाई गोली हानी हत्या गर्ने दुई जना र हत्यामा संलग्न स्थानीय महिला खिमालाई प्रक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धि गुरुङले आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
काफ्लेलाई गोली हान्ने अर्जुन भन्ने तुल्सी घिमिरे र उनलाई मोटरसाइकलमा हालेर लैजाने दीपेन्द्र परियारलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
हत्याका प्रमुख अभियुक्त घिमिरे यसअघि लागुऔषध कारोवारमा एक वर्ष जेल सजाय भुक्तान गरी गत असोजमा छुटेका हुन् ।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको एउटा पेस्तोल र त्यसमा लाग्ने आठ राउण्ड गोली, गोलीको खोका, मधेस टाइगर लेखेको चार थान पर्चासमेत बरामद गरेको छ ।
व्यक्तिगत रिसइबी साँधेर हत्या गरेको एसपी गुरुङले जानकारी दिनुभयो । अभियुक्त खिमा र भारतिय नागरिक बच्चु दास श्रीमान–श्रीमतीबीच झै झगडा हुँदा खगेश्वरले आमा समूह तथा प्रहरीमा बोलाइ छलफल गराउने गरेपछि व्यक्तिगत रिसइबीका कारण खगेश्वरको हत्या गरेको बुझिएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो ।
खिमा बच्चु दासलाई छाडेर अर्जुन भनिने तुल्सी घिमिरेसँग लागेपछि उनीहरु बीच पारिवारिक कलह सिर्जना भएको थियो । भारतीय नागरिक बच्चुकी श्रीमती अर्जुन घिमिरेले लगेपछि खिमाका नाममा रहेको घर बिक्रीका लागि खगेश्वरले पहल गर्दै आएका थिए ।
घिमिरेसँग खिमा आएपनि घर जग्गा भने खिमाका नाममा नै रहेको थियो । त्यही रिसइबीका कारण खिमा गिरी र अर्जुन भनिने तुल्सी घिमिरेले इख लिई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया