‘हामी कुनै पनि हालतमा माफी माग्दैनौं’

इनेप्लिज २०७२ माघ २८ गते ६:११ मा प्रकाशित
 Manish-Suman-Neta-Ji-001
 
मधेसी मोर्चाका तीन नेताले तपाईंका पार्टी अध्यक्षलाई अब केही पनि नगर्नु–गराउनु निर्देशन दिएको छ, तपाईका अध्यक्षले अब कुनै पनि गतिविधि गर्नुहुन्न त ?

गर्नुहुन्छ, सबै गतिविधि गर्नुहुन्छ । मधेसी मोर्चाको षड्यन्त्रपूर्ण विज्ञप्ति हामीले पनि पढ्ने मौका पायौं । त्यो विज्ञप्तिमा पूराका पूरा इष्र्या, द्वेषको आधारमा चार नम्बर बुँदा लेखिएको छ । त्यस बारेमा हामी बुझ्दैछौं । हिजोको पछिल्लो बैठकको निर्णय प्रक्रियामा सहभागी दोस्रा–तेस्रा तहका नेताहरूसँग बुझ्दा उहाँहरूले पनि चार नम्बर बुँदा नआउनुपर्ने कुरा हो, त्यो पूरै पूर्वाग्रही छ भन्नुहुन्छ । तसर्थ हामी चार नम्बर बुँदालाई कदापि स्वीकार गर्दैनौं । त्यहाँ त निर्देशनमात्र दिएको छ तर हामीले बाहिर सुनेका छौं कि केही नेताले राजेन्द्र महतोले माफी माग्नुपर्छ, स्पष्टिकरण दिनुपर्छ भन्ने जस्ता कुराहरू बोलिरहनु भएको छ । सुनेकै आधारमा त्यसको टिप्पणी त गर्न मिल्दैन । तर भन्नै पर्छ कि हामीले कुनै यस्तो गल्ती गरेका छैनौं, जो माफी माग्नुपर्छ । मधेस आन्दोलनलाई सफल बनाउन हामीले नाइटोदेखिको बल लगाएका छौं । हरेक कार्यक्रममा सक्रिय भएर सहभागी भएका छौं । घाइतेलाई भेट्नेदेखि लिएर सहिद परिवारलाई भेट्न सबैभन्दा अगाडि हामी हुन्थ्यौं । कुनै प्रकारको सहयोग गर्नुपर्दा हामी नै अगाडि हुन्थ्यौं । मधेस आन्दोलनमा निरन्तर मधेसमा हामी नै बस्यौं । यस अवस्थामा पनि माफी माग्नु पर्छ, स्पष्टिकरण दिनुपर्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हो । हामी कुनै पनि हालतमा स्पष्टीकरण दिँदैनौं र माफी माग्दैनौं ।

चार बुँदामा उल्लेख भएअनुसार यदि तपाईंका अध्यक्ष वा पार्टीले गरेनन् भने कारवाही होला नि ?
मोर्चाले जारी गरेको अन्य सबै कुरामा हाम्रो सहमति छ चार नम्बर बुँदाबाहेक । महागठबन्धन बनाउने हाम्रै प्रस्ताव हो, नाकाबन्दी स्थगित गर्नुपर्छ हाम्रै प्रस्ताव हो । आन्दोलनका कार्यक्रम ल्याउनुपर्छ भन्ने हाम्रै प्रस्ताव हो । यी सबै हामीले मानेका छौं तर हामीले माफी माग्ने, स्पष्टकरण दिने, निर्देशन दिने जस्ता कुरा कहाँबाट आयो ? त्यसलाई हामी कदापि स्वीकार गर्दैनौं । यदि नेताहरूसँग हिम्मत छ भने निस्कासन गरेर देखाउँदा हुन्थ्यो नि । तर किन सक्नुभएन ? त्यसैले उहाँहरूलाई जे–जे गर्न मन लाग्छ गर्नुहुन्छ, हामी माफी माग्नेवाला छैनौं ।

विज्ञप्तिमा चार नम्बरको बुँदा किन आएको होला त ?
मोर्चामा धेरै पहिलादेखि आन्दोलनमा को सबभन्दा बढी सहभागी हुन्छ, को सबभन्दा बढी सक्रिय भएर काम गर्छ भन्ने कुरामा प्रतिस्पर्धा रहेको थियो र त्यो स्वाभाविकै पनि हो । राजेन्द्र महतो सबभन्दा कर्मठताका साथ, सबभन्दा बढी सक्रियाताका साथ, सबभन्दा बढी अनुशासनका साथ आन्दोलनमा लाग्नुभएको थियो । त्यसले गर्दा लोकप्रियता पनि ह्वात्तै बढेको थियो । त्यसैकारण अरू नेताहरूलाई इष्र्या लागेर यो गैरजिम्मेवार निर्णय गरेका हुन् ।

अब के गर्नुहुन्छ, मोर्चा छाडेर गठबन्धनतिर जानु हुन्छ कि छुट्टै आन्दोलन गर्नुहुन्छ ?
सद्भावना पार्टी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जन्मदाता हो । आजभन्दा नौ वर्षअगाडि राजेन्द्र महतोकै अथक प्रयासबाट उहाँकै घरमा उपेन्द्र यादव सम्मलित संयुक्त मधेसी मोर्चा गठन भएको थियो । त्यसको करिब एकवर्षपछि मात्र तमलोपा पार्टी गठन भएर मोर्चामा सम्मलित भएको हो । त्यसपछि मात्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनेको हो । नौ वर्षको अनवरत यात्रामा सद्भावना पार्टी अभिभाज्य अंग हो । बरु उपेन्द्र यादवको पार्टी मोर्चामा पटक–पटक आउने जाने गरेको छ । महन्थजीको पार्टी त ढिलै आयो । महेन्द्रजीको पार्टी त झनै ढिलो आयो । तर हाम्रो पार्टी लगातार मोर्चाको साथमा छ । त्यसैले मोर्चासँग प्रगाढ सम्बन्ध भएका कारणले कसैले भन्दैमा मोर्चा छाड्ने कुरै आउँदैन ।

अब मोर्चामा टिक्नका लागि तपाईंको पार्टीले के रणनीति बनाउँदैछ त ?
आजसम्म मोर्चामा नभएको घटना हिजो भएको हो । मोर्चा गठन भएदेखि आजसम्म सबै निर्णयहरू पल्टाएर हेर्नुस्, कुनै पनि निर्णय बहुमत वा अल्पमतमा भएको छैन । सबै सर्वसम्मतिले भएका छन् । तर हिजो जुन प्रकारको निर्णय आयो, त्यसमा हाम्रो चार नम्बर बुँदामा मात्र असहमति रहेको छ । त्यसले गर्दा मोर्चामा विवादको रेखा तानिएको हो । तर, यो विवाद र असहमतिका वावजुद पनि मोर्चामै रहेर संघर्ष गर्ने र मधेसका लागि काम गर्नेछौं ।

अहिले जसरी बहुमतले तपाईंका पार्टी अध्यक्षलाई क्रियाकलाप नगर्न निर्देशन दिएको छ । भोलि गएर त्यही बहुमतको आधारमा यदि मोर्चाबाट निस्कासन गरिएको विज्ञप्ति पनि त आउन सक्ला नि !
हिजोको निर्णय मधेसी मोर्चाका केही अध्यक्ष (उपेन्द्र र महेन्द्र) ले एकजना भलादमी अध्यक्ष (महन्थ) लाई प्रयोग गर्दै गरिएको हो । तिनै दलका दोस्रो तहका नेताहरूले हिजोको निर्णयलाई मन पराएका छैनन् । यद्यपि सधैं उहाँ नै अध्यक्ष रहनुहुन्छ र उहाँहरुले प्रयोग गरिरहन सक्नुहुन्छ भन्ने होइन । समय सधै एकनासको रहँदैन । मनमानी गर्न पाइँदैन ।

यदि यस्तै अवस्था सधैं रही रहने खतरा पनि त देखिन्छ नि ?
हामी मोर्चाभित्र रहन्छौं । मोर्चाका आफ्नै आचारसंहिता छन् । मोर्चाका कार्यविधि छन् । त्यही आचारसंहिता र कार्यविधिलाई अपनाउँदै मोर्चामा सकेसम्म लडिरहन्छौं तर मोर्चा छाड्दैनौं । यो मोर्चा कुनै पार्टी अध्यक्षको पेवा होइन । यो मोर्चा करोडौं मधेसीको आस्थाको केन्द्र हो । जसको कारणले ४७ जनाले ज्यानै दिए । २ हजारभन्दा बढी घाइते छन् । सबभन्दा ठूलो आस्थाको केन्द्र भएकाले यसलाई छाडेर जाने कल्पना पनि गर्न सकिदैन ।

विहारबाट फर्किनेबित्तिकै नाकाबन्दी खोल्दिन्छौं भन्नु र नाका पनि खुल्नुबीचाहिँ के सम्बन्ध छ ?
त्यो संयोग मात्र हो । विहारसँग हाम्रो विशेष सम्बन्ध छ । नाता कुटुम्बको नाताले गर्दा पनि हामी एक–अर्काको दुःखसुखमा साथ दिन्छौ । एक अर्काका पीडा सुनाउन र सुन्न जान्छौं । र, मधेसमा जारी आन्दोलनमा भइरहेको दमन र राजनीतिक अवस्थाको बारेमा जानकारी गराउन हामी त्यहाँ गएका थियौं । त्यहाँबाट फर्केपछि नाकाबन्दी खुल्नु र मन फाट्ने गरी मोर्चामा रेखा पनि कोरिनु संयोग मात्र हो ।

विहारबाट आएर नाकाबन्दी खोल्नु, प्रचण्ड र प्रधानमन्त्री ओलीले बधाई दिनु र काठमाडौं आएर उहाँहरूलाई भेट्नुलाई मोर्चाका अन्य नेताले निकै गम्भीरतापूर्वक लिएको भनेर भनिरहेका छन्, यस्तो किन भयो ?
कुरा यहीँनेर बिग्रेको छ । आन्दोलनको स्वरूप परिवर्तन गरी राजधानीकेन्द्रित आन्दोलन गर्ने भनेर उपेन्द्रजीले भन्नुभयो । पुस १० गतेको बैठकबाट नाकाबन्दीको बारेमा छलफल गरिन्छ भनेर महन्थजीले भन्नुभयो । माघ १८ गते नाकाबन्दी फिर्ता हुन्छ भनेर महेन्द्रजस्ले भन्नुभयो । तर हाम्रा पार्टीका अध्यक्षले सबै नाका खुल्ला छ भने वीरगञ्ज नाकामात्र किन बन्द राख्ने भन्नेबारे प्रस्ताव मोर्चाको बैठकमा लान्छु भन्नु गलत कसरी हुन्छ ? मधेसमा जतिखेर आन्दोलनकारीहरू मरिरहेका थिए, त्यसबेला सुशील कोइराला र प्रचण्डले फोन गरेर बोलाउँदा उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र यादव काठमाडौ आएर सुटुक्क कुराकानी गर्न मिल्ने तर हाम्रो अध्यक्षलाई कुनै नेताले फोन गरेर बोलाउँदा आउन किन नमिल्ने ? समस्या त्यहीँबाट सुरु भएको हो । उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र यादवले केपी ओली, प्रचण्ड, सुशील कोइरालालगायतसँग कति पटक कहाँ–कहाँ कुरा गरेका छन् भन्ने कुरा हामीबाट कहाँ लुकेको छ र ? तर एक÷दुईपटक हाम्रो अध्यक्षले उनीहरूको विशेष आग्रहमा काठमाडौं आएर भेट गर्नुले कुन पहाड खसेको छ ? त्यसैलाई ‘इस्यू’ बनाएर मोर्चालाई विवादमा ल्याउन खोजेको हो भने यसमा मलाई केही भन्नु छैन ।

केपी ओलीको भारत भ्रमणको बाटो खोलि दिनका लागि नाकाबन्दी खोलिएको आरोप छ नि, के भन्नुहुन्छ ?
मधेसी मोर्चामा आबद्ध दलहरू इमान्दारीपूर्वक आन्दोलनमा नलागेका कारण नाकाबन्दी स्थगित गरिएको हो । पछिल्लो चार महिनाको नाकाबन्दीलाई विचार गर्ने हो भने पछिल्ला एक डेढ महिनादेखि मौसम प्रतिकूलताका कारण रक्सौल नाका पनि खुकुलो थियो । अरू नेताले जिम्मेवारी पाएको नाका त खुल्लै थियो भन्दा पनि हुन्छ । नाकाबन्दीका कारण मधेस आन्दोलन बदनाम हुँदै गइरहेको थियो । नाकाबन्दीबाट आमजनता सास्तीमा थिए, तर अरू त तस्कर गरिरहेका थिए । आन्दोलनको आडमा तस्करहरूको बिगबिगी पनि बढ्न थालेको थियो । यी सबै अवस्थालाई ख्याल गरी नाकाबन्दी केही खुकुलो गर्ने कि वा केही महिनाका लागि स्थगित गर्ने कि भन्ने विषयमा पहिलादेखि नै छलफल सुरु भएको थियो तर अहिले आएर यस्तो अवस्थामा निर्णय भयो । जबकि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । यो पनि संयोगै हो ।

रातॊ पाटी बाट

प्रतिक्रिया