मंगलबार, माघ ६ २०७७
काठमाडौं ०५:१३
वासिङटन डिसी 18:28

होमस्टेको पहिलो राष्ट्रिय भेला अमलटारीमा

इनेप्लिज २०७२ माघ २८ गते ३:०७ मा प्रकाशित

कावासोती, २८ माघ । देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका होमस्टे (घरबास) सञ्चालकहरुको पहिलो राष्ट्रिय भेला नवलपरासीको थारु होमस्टे गाउँ अमलटारीमा हुने भएको छ ।

सरकारमा दर्ता भई सञ्चालनमा आएका तीनसय होमस्टेका सञ्चालकको सहभागितामा यही फागुन ७, ८ र ९ गते भेला हुने भएको अमलटारी थारु होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दानियाले जानकारी दिनुभयो ।

आर्थिक विकास गर्नका लागि गाउँलाई पर्यटकीय क्षेत्र बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउनका लागि होमस्टे सञ्चालनले योगदान दिएको छ ।

ग्रामीण क्षेत्रको प्रचारप्रसार र उन्नतिका लागि होमस्टे एसोसिएसन नेपालमार्फत पर्यटन विकास गरी सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सांस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरिबी निवारण गर्ने, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न सहयोग पु¥याउने काम गरेको होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनका संयोजक पिशुराम चौधरीले जानकारी दिनुभयो ।

राष्ट्रिय भेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया