मलाई बुद्दिस्ट सुमुदायका कार्यक्रममा जाँदा शान्ति मिल्छ : सन्धर्भ सोनाम ल्होसार

इनेप्लिज २०७२ माघ २७ गते १९:१९ मा प्रकाशित

12122849_10156175939105694_8933949657823579195_n

अमेरिका, १० फेब्रुवरी / बौद्ध धर्मअन्तर्गत् महायान सम्प्रदायको तामाङ जातिको सांस्कृतिक पर्व ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अमेरिका रहेका नेपालीहरूले यस पर्वलाई विविध कार्यक्रम गरी मनाएका छन् । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछार पर्व चिनिया नयाँ वर्षको दिनमा पर्दछ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने प्रचलनछ ।
उत्कृष्ट धार्मिक सहिस्नुताको परिचय दिँदै लस एन्जल्समा तमांग, थकाली, छेत्री, बाहुन, अमेरिकन सहितको उपस्थितिमा ल्होछार पर्व मनाए । आफ्नो धर्म, संस्कृतिको रक्षा गर्ने उद्देश्यले विगत केही वर्ष देखि मनाउन सुरु गरिएको ल्होछार पर्वमा सहभागिता बढ्दै जानुका साथै तमांग मात्र नभएर सबै नेपालीहरू जम्मा भएर मनाउन लागिएको बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक राम लामाले जानकारी दिए ।
आफ्नो उमेरको पाँच दशक देखि बुद्धको सन्देश राम्रों लागेर चिनियाँ र नेपालीहरूले मनाउने पर्वमा सहभागी हुँदै आएका जेम्स सिम्प्सन आफूलाई बुद्ध धर्मका कार्यक्रममा लागे पश्चात् शान्ति मिलेको बताए । विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको सन्देशलाई हामीले बढाउनु पर्छ, म स्वभावले शान्त नेपालीहरूले आयोजना गरेका यस्ता कार्यक्रममा सहभागी हुँदै आइरहेको छु आफ्नो कुरा बढाउदै सिम्प्सन भन्छन् ।
तमांग जातीले मनाउने सोनाम ल्होसार पर्व बाह्र प्रकारका जनावरहरु जिवा – मुसा, लङ-साँढे, तक – बाघ, हे (कुरी)- खरायो, डुक -गरुँढ, डुल- सर्प, ता-घोडा,लुक- भेडा,टे – बाँदर, च्या वा ज्या -कुखुरा, खि – कुकुर र फक – सुंगुरको रूपमा लिगिन्छ । विक्रम सम्बत र इश्वि सम्बतमा यो फरक फरक दिनमा पर्दछ । बाँदर वर्षको रूपमा ०८ फेब्रुवरीमा परेको सोनाम ल्होछार पछिल्लोपटक २२ जनवरी २००४ मा थियो भने आगामी बादर वर्ष २७ जनवरी २०२८मा पर्दछ । यिनै बाह्र प्रकारका जनावरको नामलाई नै राशिको रूपमा समेत लिने गरिन्छ ।
हरेक समुदायले मनाउने धर्म, कला, संस्कृति नेपालका सम्पति हुन् । नेपालका संस्कृतिलाई यो कस्को भनेर भन्नु भन्दा सबैले सबैलाई सम्मान गर्दै जगेर्ना गर्ने र मनाउने यस्ता परम्पराले एकआपसमा भाइचारा बढ्नुका साथै हाम्रो समाज, राष्ट्र र विश्वमा समेत शान्ति मिल्न सक्ने देखिन्छ ।

प्रतिक्रिया