पुर्व प्रधानमन्त्री सुशील कोईरालाज्यूप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली !

इनेप्लिज २०७२ माघ २६ गते १४:४४ मा प्रकाशित
Press release on Condolance message frrom NRNA ICC President-page-001
             आयो  टप्प  टिप्यो,  मिति पुग्यो, टारेर टर्दैन त्यो …..
Inline image 2
पुर्व प्रधानमन्त्री सुशील  कोईरालाज्यूप्रति  भावपूर्ण हार्दिक श्रद्धान्जली !
 
मातृभूमि  नेपालका ३७ औं प्रधानमन्त्री, वर्तमान संविधानका निर्माता, प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेसका सभापति सम्माननीय सुशील  कोइरालाज्यूको आज सोमबार राति १२ बजेर ५० मिनेटमा असमायिक निधन भएको खबरले हामी नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) परिवार अत्यन्त  स्तब्ध भएका छौ । 
 
यस  दुखद घडिमा स्वर्गीय कोइरालाज्युको दिवंगत आत्माको चीरशान्तिको कामना साथ हार्दिक श्रद्धान्जली व्यक्त गर्दै  सिंगो राष्ट्र नेपाल, नेपाली जनता लगायत सम्पूर्ण सोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरु माथि परेको शोक सहन सक्ने शक्ति इश्वरले प्रदान गरुन भन्ने कामना समेत गर्दछौं 
 
जनताको प्रत्यक्ष मत मार्फत सभासदहरूबाट निर्वाचित  हुने सर्बोच्च ओहोदामा रही मूलुकलाई आमूल परिवर्तन सहितको नेपालको संविधान  दिन सफल हुनुभएकोमा  पुर्वप्रधानमन्त्री  सुशील  कोइरालाज्यूको  महान योगदानलाई नासा परिवार सदैव उच्च मूल्याकंन गर्दछ । 
 
बिमल  नेपाल
अध्य़क्ष
 
शिव विष्ट
महासचिव 
तथा सम्पूर्ण नासा कार्य समिति परिवार

 

प्रतिक्रिया