गुल्मी जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट, दुवै पक्ष आफ्नो वर्चस्व रहेको दाबी गर्दै

इनेप्लिज २०७२ माघ २५ गते ८:०२ मा प्रकाशित

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छनौटको लहरले देशको राजनीति अचानक तातेको छ । देशैभरबाट निर्वाचनका नतिजाहरु आउने क्रम जारीरहेको छ । गुल्मी जिल्लाका तीन क्षेत्रीय सभापतिमा क्षेत्र नं-१ बाट पारिश्रवर ढकाल, क्षेत्र नं-२ मा अशोक थापा र क्षेत्र नं-३ मा भगत खड्का निर्वाचित भएकाछन् । महाधिवेशन प्रतिनिधिहरू खुल्ला तर्फ;
क्षेत्र नं-१ मा:-१. वेद थापा मगर २. दोर्ण बहादुर खत्री ३. कृष्ण छन्तेल ४.हिरामणी अर्याल ५. ज्ञान हरि सापकोटा ६. जगदिस भटराई, महिला तर्फ सुवर्ण ज्वारचन र मिना कुमारी राना, जनजातिबाट मन ब. राहडी, दलितबाट टुक ब. सार्की र अल्पसंख्यकबाट भानुभक्त सुवेदी निर्वाचित भएका छन् ।
क्षेत्र नं-२ मा:- १. भुवन प्रसाद श्रेष्ठ २. चन्द्र केसी ३ शालिकराम पन्थी ४.भरत बस्नेत ५.मोहन ज्ञवाली ६. विष्णु बलाल, महिला तर्फ धना भण्डारी र विष्णु कुमारी सापकोटा, जनजातिबाट श्रीप्रशाद भलामी, दलितबाट ईश्वरी परियार र अल्पसंख्यकबाट रुद्र ब. भुजेल निर्वाचित भएका छन् ।
क्षेत्र नं-३ मा :- १. छन्द पहराई २. त्रैलोक्य प्रताप सेन ३. प्रेम नारायण भण्डारी ४. महेन्द्र प्र. भण्डारी ५. रुद्रमणी भण्डारी ६. दामोदर भूसाल, महिला तर्फ सिता अर्याल र पार्वता कुँवर, जनजातिबाट इन्द्र ब. घर्ति दलितबाट कृष्ण ब. नेपाली र अल्पसंख्यकबाट भीमप्रशाद पोख्रेल निर्वाचित भएका छन् ।
जिल्लाका सबै क्षेत्रमा निकै प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा पुराना सांसदहरु भागवत ज्ञवाली र झक ब. पुन बाहिरिए भने पूर्व महासमिती सदस्य प्रेमनाथ अर्यालले पनि हार व्यहोर्नुपरेको छ । यस्तै जिल्लाका चर्चित अनुहारहरु बुद्ध थापा , देवेन्द्र पैड्याल , मोति भण्डारी , भगवती काफ्ले पनि पराजित हुने चर्चित अनुहारहरु हुन् । गुल्मी जिल्लामा पुरानाको भन्दा नयाँ अनुहारको बर्चस्व रहेको देखिन्छ ।

प्रतिक्रिया