ट्याक्टर दुर्घटनामा कामदारको मृत्यु

इनेप्लिज २०७२ माघ २५ गते ६:०७ मा प्रकाशित

गौशाला, २५ माघ । महोत्तरी जिल्लाको महोत्तरी गाविसमा ट्याक्टर दुर्घटनामा एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाविस–४ बस्ने १७ वर्षीय अङ्केशकुमार कापर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ज १ त २५७१ नम्बरको ट्याक्टर छिमेकी गाउँ फुल्हट्टाबाट माटो लिई महोत्तरीतर्फ गइरहेको अवस्थामा महोत्तरी–२ स्थित सडकको पूर्वपट्टि कुलोमा पल्टिन जाँदा सोही ट्याक्टरमा काम गर्ने कापरको किचिएर मृत्यु भएको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो । मृतक कामदार कापरको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

प्रतिक्रिया