निर्वाचन स्थगित गरेकामा आपत्ति

इनेप्लिज २०७२ माघ २५ गते ६:०२ मा प्रकाशित

जनकपुरधाम, २५ माघ । नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर ५ का क्षेत्रीय समितिले जनकपुरमा आज पत्रकार सम्मेलन गरी शिक्षक सङ्घले सहमति विपरीत आफू खुसी नामावली पठाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस धनुषा र शिक्षक सङ्घबीच भएको सहमति विपरीत सङ्घले धाँधली गरी नामावली पठाएको आरोप लगाउँदै क्षेत्रीय सभापति योगेन्द्र पजियारले सङ्घको विवादका कारण अधिवेशन स्थगित भएको आरोप लगाउनसभएको छ ।

सहमति भइसके पनि केन्द्रबाट खटिआएका निर्वाचन अधिकृत पर्शुराम कोइरालाले निर्वाचन नगराई केन्द्रमा फर्किनु आपत्ति रहेको आरोप लगाउँदै क्षेत्रीय सभापति पजियारले केन्द्रीय निर्वाचन समितिले क्षेत्र नम्बर ५ मा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्ने माग गरेका छन् ।

जनकपुरमा आयोजित पत्रकारसम्मेलनमा क्षेत्र नम्बर ५ का सांसद महेन्द्र यादवले विधान विपरीत काम गरेको सङ्घले आरोप लगाएको छ ।

सो पत्रकारसम्मेलनमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत गाउँ अधिवेशन, क्षेत्रीय तथा जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रबाट खटिआएका निर्वाचन अधिकृत कोइरालाको उपस्थितिमा नेपाली काँग्रेस धनुषा र शिक्षक सङ्घबीच भएको सहमति विपरीत सङ्घले एकलौटी रुपमा नामावली पठाएको कारणले सो विवाद सतहमा आएपछिसो क्षेत्रमा निर्वाचन स्थगित गरिएको छ ।

प्रतिक्रिया