राजदुत डा कार्कीले नेपाली पाठशालाका बिद्यार्थीलाई यसरि गित सुनाए

इनेप्लिज २०७२ माघ २४ गते २१:२९ मा प्रकाशित

DSC05190

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टरभिलमा गत बर्ष नेपाली महिला स्वयम् सेवक समुह द्वारा संचालनमा रहेको नेपाली पाठशालाका बिद्यार्थीलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले नेपाली गित गाउनु भै बालबालिकालाई हौशला प्रदान गर्नु भयो l

गत फेब्रुअरी ६ तारिखमा आयोजना भएको एक अन्तरक्रिया कार्यक्रममा अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिका तथा बिद्यार्थी संग दोहोरो कुराकानी गर्दै जिज्ञाशाको समाधान समेत डा कार्कीले दिनु भयो l साना बालबालिकाले दुताबास भनेको के हो समेत जिज्ञासा राखेका थिए l र यसै गरि एक बिद्यार्थीले गित सुनाउन आग्रह गरे पछि डा कार्कीले गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गित गाउनु भएको थियो l

DSC05111

भर्खर नेपाली भाषा सिक्दै गरेका र नेपाली भाषा बोल्न अप्ठ्यारो मान्दै भएता पनि उनीहरुले कनिकुथी राजदुत कार्की संग सवाल गरेका थिए l कार्यक्रममा राजदुत डा कार्की श्रीमती सहित उपस्थित भै दम्पत्ति दुवैले बिद्यार्थीलाई पढाउनु समेत भएको थियो l उक्त अन्तरक्रिया कार्यक्रममा पाठशालाकि अध्यक्ष बिना खड्का लामाले समुदायले सहयोग गरेको कारण यस अवस्था सम्म आई पुगेकोमा समुदायलाई धन्यबादको साथै राजदुत डा कार्कीलाई समेत कृतज्ञता ज्ञापन गरेकी थिईन l

पाठशालाका प्रधानाचार्य बिष्णु खरेलले कार्यक्रम संचालनको साथै नेपालको शिक्षा मन्त्रालय अन्तर्गतको १-३ कक्षा सम्म को पाठ्यक्रम अनुसार बिद्यार्थीहरुलाई पढाई रहेको बताए l

DSC05101

DSC05187

DSC05126

DSC05121

प्रतिक्रिया