बलत्कारीलाई कैद होईन झुन्ड्याउनु पर्छ

इनेप्लिज २०७२ माघ २३ गते १४:०८ मा प्रकाशित

saru sunar

दिन दिनै हाम्रो देशमा बढदै गै रहेको बलात्कार जस्तो जघन्य अपराध ६ बर्षको बालिका देखी ७० बर्षको वृद्ध आमा समेत बलत्कृत पछि मृत्यु बरण गर्नु परेको ज्वलन्त घटना तपाईं हामी र हाम्रै समुदायमा देखि रहेका छौं । स्कुल पठाएको छोरी स्कुल मै शिक्षक बाट बलत्कृत हुन्छिन , दोकानमा समान किन्न जादा पसले बाट बलत्कृत हुन्छिन , जागीरमा गएकी छोरी घर फर्किदा बाटोमा बलात्कार हुन्छिन् l

आफ्नै अगाडि खेल्दै खेल्दै कि अबोध बालिकालाई काखमा च्यापी चक्लेट दिन्छु नानु भनी एकान्तमा लगि बलात्कार गर्छन् l आफनै घरमा आफन्तबाट देखी लिएर हरेक ठाउँमा नेपाली नारीहरु बलात्कारको शिकार भैरहेका छन् ।

अब नेपाली नारीले कहा गएर सुरक्षा पाउने ? आफू सुरक्षित भएको महसुस कहिले र कसरी गर्ने ? अब नेपाली नारी र हाम्रा यी कलिला सन्तान ( छोरी ) र हामी नारी दिदिबहिनी आमाहरुले ? किन यो सरकार मौन छ ? यस्ता पापीहरुलाई फासीको सजाय दिन ? एक पटक यि नेपाली चेलीबेटी र नाबालक बच्चीहरुलाई आफ्नै सन्तान र दिदिबहिनी सम्झेर आफ्नो पीडा भनी महसुस गर्ने हो भने यी कानुनका नाइके र भातमारा सरकारका भलाद्मीहरुले थाहा पाउने थिए ।

बलात्कार के हो भन्ने कुरा ? फ़ेरि अर्को चेली नेहा पुन जुन १९ बर्षको कलिलो उमेरमा बलात्कार पछि बिभत्स्व हत्या गरिएको छ । आज राष्ट्रपति राष्ट्रिपति र सभामुख महिला भएको देशमा नेपाली नारीको अस्मिता लुटिदै यसरी मर्नु भनेको कस्तो नियती हो ? आज आम नेपाली महिलाहरुलाइ यस यबीभत्स घटनाले भाबबिहोल बनाएको छ । आमाको दुध खादै गरेको बालिकालाई बलात्कार गरि मार्दा सम्म पनि त्यस्ता कुख्यात अपराधीलाई फासी दिन मिल्दैन भने धिक्कार छ ?

तब सम्म नेपालमा बलात्कारको घटनाहरु दिन दिनै बढिरहेछ । अपराधीलाई प्रोत्साहन दिएर र दुई चार महिना कैद गर्दैमा सजाय होईन l यो त ,ति अपराधीलाई हौसलाको लागी पुरस्कार हो । फ़ेरि पनि बलत्कार गर्नेछ ति अपराधीहरुले l
आधा आकाश र आधा धर्ति ओगटेको नारीहरु शारीरिक रुपले पुरुष भन्दा केहि कमजोर भए ता पनि यो होईन कि नारीहरुलाई हरेक तहमा घर ,परिवार ,समाज , कानुन र सरकार बाटै यसरि उपेक्षा गरिने ।

सम्पुर्ण नारीहरुको आवाज हो र माग हो l हामीले स्वतन्त्र भएर बाच्न पाउनु पर्छ l नारीहरुका अस्मिता लुट्ने अपराधीलाई फासीको सजाय दिनु पर्छ । हामी यहि माग संविधान बन्नु भन्दा अगाडि धेरै राखौं सडकमा दबाब र विभिन्न कार्यक्रमहरु सहित तर दुखको कुरा महिला सभासदले दर्ता गराएको सकल्प प्रस्तावलाई छलफलमा ल्याउन समेत सदनले आवश्यक ठानेनन् ।

जनताले भरोसा गरेका सभासदले समेत सदनमा जोडदार आवाज उठाएर सरकारलाई बलात्कार विरुद्ध कडा कानुन ल्याउन दबाब दिएनन् । जसको कारण आज संविधान बनिसक्दा पनि महिला हिंसा ,बलात्कार घट्नुको सट्टा दिनदिनै बढिरहेको छ। यदि यसरी नै दिन प्रतिदिन महिलाहरु बलत्कृत र हत्या भैरहने हो भने अब आम नेपाली महिलाहरु यस्ता अपराध विरुद्ध आवाज मात्र होईन सामुहिक मृत्यु दण्ड दिन सक्नु पर्छ l एउटा निर्दोस नारिको यस्तो पिडादायी बीभत्स हत्या हुदा देशभरका महिला सघ, सस्था , महिला अधिकार कर्मी सम्पुर्ण महिलाहरु एक भएर राज्यलाई दबाब र अपराधीलाई कारबाहीको लागि उठ्नु जरुरी छ।

यो देशको कानुन नेतालाई होईन जनतालाइ चाहिएको हो l यदि जनताको न्यायको लागि कानुन बन्दैन र कार्यवन्यन हुँदैन भने लोकतन्त्रमा यस्ता बिकृती र अपराधको शल्यक्रिया भनेको जनताले गर्ने हो l जनता भन्दा ठुलो कुनै शक्ति छैन ।

प्रतिक्रिया