सुप विश्वविद्यालयको मानविकी सङ्कायको डिनमा डा बोहरा नियुक्त

इनेप्लिज २०७२ माघ २३ गते ४:०७ मा प्रकाशित

कञ्चनपुर, २३ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी सङ्कायको डिनमा प्राडा चन्दनसिंह बोहरा नियुक्त हुनुभएको छ ।

विगत २३ वर्षदेखि सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा अङ्ग्रेजी विषयमा प्राध्यापन गराउँदै आएको प्रा बोहराले अङ्ग्रेजी विषयमा विद्यावारिधिसमेत गर्नुभएको छ ।

यसैगरी सिद्धनाथ बहुमुखी क्याम्पसका प्राध्यापक भास्करदत्त जोशी सोही विश्वविद्यालयको परीक्षा नियन्त्रकमा नियुक्त हुनुभएको छ ।

प्राध्यापक जोशी क्याम्पसका भूगोल विषयका प्राध्यापक हुनुहुन्छ । उहाँले क्याम्पसमा २४ वर्षदेखि प्राध्यापनको कार्य गर्दै आउनुभएको छ । शुक्रबार नियुक्त भएका मानविकी सङ्कायका डिन बोहरा र परीक्षा नियन्त्रक जोशीले आइतबारदेखि विश्वविद्यालयमा कार्यभार ग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया