प्रेस विज्ञप्ति – न्युयोर्कमा नेजा-सदस्यता वितरण

इनेप्लिज २०७२ माघ २१ गते १४:२८ मा प्रकाशित
प्रेस विज्ञप्ति
मिति: जववरी २, २०१६
नेपाल अमेरिका पत्रकार संघ, नेजाको आगामी मे ७  र ८ मा हुने नेजाको पाँचौ अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण एवं नविकरण कार्यक्रम न्युयोर्कमा आयोजना गरियो । हिजो मंगलबार ज्याक्सन हाईट स्थित थकाली किचनमा आयोजित उक्त कार्यक्रममा उपश्थित पत्रकारहरुलाई सदस्यता फर्म वितरण गरिएको थियो । नेजाका महासचिव समेत रहेका सदस्यता वितरण छनौट समितिका संयोजक भोला आचार्यले कार्यक्रममा उपश्थित पत्रकारहरुलाई स्वागत गर्दै नयाँ सदस्यता लिन र नविकरणमा सहभागि भईदिन आग्रह गरेका थिए ।
सो कार्यक्रममा नेजाका सल्लाहकार समेत रहेका निवर्तमान अध्यक्ष आडछिरिड शेर्पाले नेजा उत्तरअमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था भएको वताउदै पेशाकर्मीहरुको हितका लागि संगठनको आवश्यकता भएको वताए ।
नेजाका क्षेत्रिय उपाध्यक्ष भुपेन्द्र थापाले संगठित भएर पेशामा लाग्दा मिडियाकर्मी र समाज दुवैको हित हुने कुरामा जोडदिए । कार्यक्रममा कार्यकारी सदस्य तेम्वादोडवा हेल्मोले नेजा आफैमा पत्रकारहरुको गौरव भएकोले यसको विकास र विस्तारमा लाग्न सवैलाई आग्रह गरे । नेजाका पूर्व पदाधिकारीहरु चन्द्र खतिवडा, गिता पन्त लगायत दर्जनवढि पत्रकारहरुको उपश्थिति रहेको थियो ।

नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक,प्रस्तावक बस्न पाउनेछ । नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन दिन सकिने छ ।   नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट http://www.neajausa.org/np/membership मार्फत् पनि अनुरोध गर्न सकिने छ ।   ।

नेजाको सदस्यता शुल्क नविकरण शुल्क : ५० डलर नयाँ सदस्य : ५० डलर ( दुई वर्षका लागि ) नयाँ सदस्यता तथा नविकरणवापत लाग्ने शुल्क हाम्रो पे पाल एकाउन्ट https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=84y-RQAEJN_ZLu3CpDSQlOqk5xK_VgYphktiH3QsDRFLzZEDxMYM_2l_-tK&dispatch=5885d80a13c0db1f8e263663d3faee8d64ad11bbf4d2a5a1a0d303a50933f9b2 मार्फत तिर्न सकिने छ । 

भोला आाचार्य
 महासचिव, नेजा

प्रतिक्रिया