नेपालमा इतिहासका दासहरु कहिले “अछुत ” भएनन्

इनेप्लिज २०७२ माघ २१ गते ०:२५ मा प्रकाशित

   नेपालमा इतिहासका दासहरु कहिले “अछुत ” भएनन् : सरु सुनार,दलित एकता समाज नेपालकि महा सचिव

saru 3

उनि कुरा चबायेर गर्दिनन l खुलस्त बोल्ने गर्छिन l लामो समय देखि सामाजिक सेवामा तल्लिन छिन् l कामको कुरो बाहेक अन्यमा समय खर्च गर्न चाहन्न l उनलाई समय भ्याई नभ्याई छ l समाज सेवा गर्न पाए मन फुरुंग मान्दछिन l भूकम्पले जन र धनको सोतर बनाएकोले उनि पुनर्निर्माणमा पवित्रमनले अहोरात्र सेवा गर्न सुगम र दुर्गम जिल्लाको साथै बिकट जिल्लामा पुग्ने गर्छिन l

सामाजिक संजाललाई मुख्य हतियार बनाउदै अर्थको जोहो गर्ने र समाज सेवा गर्दै आएकी सामाजिक कार्यकर्ता सरु सुनार बिशेष त दलित तथा पिछडिएका वर्गको लागि काम गर्छिन l महिला तथा दलित वर्गका हक र हित सम्बन्धि वकालत गर्छिन l व्यस्त समय भएकोले फाल्तु गफ गर्न चाहना राख्नेलाई झाको झार्ने पनि पछि हट्दिनन l

जाडोले कठ्यांगग्रियेका भूकम्प पिडितलाई कम्मल बाड्न बिकट गाउ गइ वितरण समेत गरि राजधानी फर्केकी छिन् l अब उनको लक्ष्य नुवाकोटमा प्वाल परेका मान्द्रोले बेरिएको टहरोले बनेको पाठशाला निर्माण गर्नु हो l पाठशालाको हालत पतला छ l र हावा छेक्न प्रयोग गरिएको अरु मान्द्रोहरु पनि प्वाल परेकाले उनि चिन्तित छिन् l

उक्त बिद्यालयमा घाम ढल्केपछि आउने चिसो सिरेटोले विद्यार्थीको मुटु थर्थराउँदा उनि दुखित भएकी छिन् l उनकै शब्दमा गर्नको लागि पैसा मात्र होईन सहयोगि मन निस्वार्थ सेवा र भावना चाहिन्छ।

हाम्रो समाज विविधताले भरिपूर्ण समाज हो र यिनै विविधता भित्रको कथित सिमान्तकृत बर्ग भित्र मधेशी ,जनजाति, तथा दलितहरु पर्दछन । यि सबै समुदाय भित्र अर्काे सिमान्तकृत समुह हो महिला । ऐतिहासिक काल देखिनै महिलाहरु प्रति ज्यादा कठोर कानुनहरु थोपिएका थिए । आधुनिक नेपाल एकिकरण भन्दा पहिला नै देखि नै महिलाले सति प्रथा सहेका थिए l

उनि संग कुराकानी गर्ने क्रममा छुवाछूतरूपी कलङको निर्माता को हुन त भनि सवाल राखेकी छिन् ? उनले अझ थप्दै भनिन नेपालको इतिहासलाई पल्टाउने हो भने नेपालमा इतिहासका दासहरु कहिले अछुत भएनन् l श्रमजीवी समुदायहरु भने अछुत भए सरु सुनार भन्छिन l

saru 4

पशुको पिसाबलाई पबित्र भनी खाने,र छर्कने यो समाजले दलितले छोएको पानी अपबित्र बनायो भनि यक्ष प्रश्न गरेकी छिन् । इतिहासको निर्माता भगवान होईन स्वयम् मानिस नै हो भनि तर्क पेस गर्दछिन । संस्कृतीको संरक्षण बचाउने नाममा हामी बिकृतिलाइ बचाउने होइन भनि विचार पोखिन l

हाम्रै पू्र्खाको कारण छुवाछूत ,जातीय भेदभाव कलङको निर्माता बन्न पुगेको हो सरु भन्छिन l आज हामी एक्काइसौं शताब्दीमा पनि दलित बन्न र भन्न बाध्य पुस्ता तिनैका अवशेष माथी पछारिएर र पसाङ्गिएर बाच्न बाध्य भएका पुस्ता हौं भनि आक्रोस व्यक्त गरिन l

अझ उनले अगाडी भनिन आज त्यहि पुस्ताले दिएको इतिहासको बिरासत थोरै र धेरै बोक्न बाध्य भएका छौं ।एउटा शक्ति मात्र होईन अनेकौं हैकम माथी जेलिएका दलित समुदाय ,शक्तिशाली बर्चस्वले सदियौ देखि थिचिएको दलित समुदाय जसको योगदान इतिहासमा गरिमामय छ तर अदृश्य बनाइएका छन् भनि स्पष्ट पारिन l

saru 12

सुनार भन्छिन ,रास्ट्रको एकीकरण र युद्धमा बन्दुक , भाला, खुकुरी हतियार बनाउने, जुत्ता ,पोशाक सिलाउने , बाजा बजाउने ,जागरणको गित गाउने , कला ,सस्कृति जोगाउने ,जगाउने विभिन्न लडाइहरुमा सहादत हुने, र बहादुरी देखाउने गाथाहरु आज अन्धकार भित्र हराइरहेका छन् l

राज्यको शासन ब्यवस्था प्रणाली उच्च बर्ग, क्षेत्र ,लिङ्ग , जाति , धर्ममा सापेक्ष छ । राज्यको शासन ब्यबस्था शल्य क्रिया नगरी अब दलित समुदायको उचित सम्मान र अधिकार सुनिस्चित हुन् असम्भव छ भनि सचेतना गर्नु पर्ने अपरिहार्यता भएको जताईन l उनले भनिन एक्काइसौं शताब्दीका दलितहरु अझै दलि खाने, मागी खाने नभै गरि खाने र लडि खाने बन्नु पर्छ भनि यस तर्फ होमिन आब्हान गर्न चाहेको बताइन l

सुनार भन्छिन दलित समुदायहरु यहि संरचना भित्रबाट कदापि मुलुकको कार्यकारी पुग्न सक्दैनन् जो छर्लङ्ग देखिएको छ l मुलुकको कार्यकारी पदमा पुग्न पहिले दलको प्रमुख बन्न सक्नु पर्छ l जातीय पार्टीको प्रमुख बनेर हुदैन l दलहरुमा प्रमुख पदमा किन दलितहरुलाइ दिन सक्दैनन भनि विचार राख्दछिन l

saru 1

दलित एकता समाज नेपालकि महासचिब सरु सुनार भन्छिन सधै दल र पार्टीको सामन्य पदमा रहेर हुदैन l दल र पार्टीभित्र एउटा संघर्ष गर्नु आवश्यक छ ।सामाजिक न्याय र अधिकारको *बटम, चाबी* अब दलबाट दलितहरुले लिन सक्नु पर्छ । सत्तामा दलित नपुगी शासन नगरी अब दलित मुक्ती असम्भव छ भनि आफ्नो तर्क यसरी राख्छिन l

प्रतिक्रिया