काठमाडौं, १९ माघ । पाँच महिनादेखि नाकाबन्दी र नेपालको संविधानमा हस्तक्षेप गर्दै आएको भारतले अर्काे नाङ्गो हस्तक्षेप गर्ने निर्णय लिएको छ । सुरु देखिनै मधेस आन्दोलनमा सहयोग गरिरहेको भारतले थप १० लाख भारतीय नागरिक पठाउने घोषणा गरेको हो । भारतको विहार राज्यका नेता लालु यादवले मधेसी मोर्चाका नेतासँगको भेटमा आन्दोलनमा १० लाख विहारी पठाउने आश्वासन दिएका हुन् । अंग्रेजी संस्करणको नेपाली पत्रिका द हिमालय टाइम्समा प्रकाशित समाचार अनुसार लालुलाई भेट्न मधेसी मोर्चाका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र राय यादवसँगको भेटमा लालुले आन्दोलनमा थप सहयोग गर्न नेपालमा १० लाख विहारी खटाउने कुरा बताएका हुन् । यसअघि भारतका पूर्व केन्द्रीय मन्त्री एवं लालुको पार्टीका उपाध्यक्ष रबघुवंश सिंहले मधेस आन्दोलन सफल पार्न काठमाडौंको सिंहदरबार घेर्ने चेतावनी दिएका थिए । नेता सिंह मधेस आन्दोलनलाई सुरु देखिनै समर्थन र सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया